एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२.७ किलोग्राम सुन भित्रिएको छ । मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट उक्त परिमाणको काँचो सुनको बाला भित्रिएको हो । विदेशबाट नेपाल फर्कने १५ सय ३० जना नेपालीले आफ्नो साथमा उक्त सुन ल्याएका थिए । विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको पाइएको हो । १५ सय ३० मध्ये १३ सय ४१