काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गर्नुभएको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो ।
पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उप-महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्...