श्रीलङ्काकाे राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएकाे छ । आज बुधवार भएकाे चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशकाे नयाँ राष्ट्रपति चुनिनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयाे । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।
राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बाेधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि पहल गर्न भन्नुभएकाे छ । भाेलि बिहीवार सबै पार्टीसँग बसेर छल...