श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामा स्वीकृत भएको छ । श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवर्दनाले राजपाक्षेको राजीनामा स्वीकृत भएको बताउनु भएको छ ।
सभामुख अबेवर्दनाले अब प्रधानमन्त्री रनिल विक्रमासिङ्घे अन्तरिम राष्ट्रपति बन्ने र आज उहाँकाे शपथ ग्रहण हुनसक्ने बताउनु भएको छ । यस्तै, नयाँ राष्ट्रपतिको चुनावका लागि भोलि संसद् बैठक आह्वान गरिएको पनि उहाँले बताएका बीबीसीले जनाएको छ ।
सभामुखले आन्दोलनकारीलाई संयमित र शान्त हुन पनि आग्रह गर्नु भएको छ । यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीर...