३८१ पदका लागि विज्ञापन

लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो । आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

विज्ञापन नियमावली कार्यान्वयनमा आनको जोड

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन नियमावली २०८० तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ । आफूहरुले लामो समय गरेको संघर्षका कारणले परिवर्तन भएको विज्ञापन नियमावली २०८० कार्यान्वयनमा विज्ञापन बोर्डलाई अविलम्ब पहल गर्न पनि आनको आग्रह छ । आफ्ना केही गुनासा हुँदा हुँदै सरकारले एकपक्षिय रुपमा विज्ञापन व्यवसायीलाई बदनाम बनाउँदै सम्पूर्ण समस्याको जड नै विज्ञापन […]

'विज्ञापन उद्योगमा पारदर्शिता चाहिन्छ'

विज्ञापन उद्योग टिकाउ हुन विज्ञापन एजेन्सीको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। विज्ञापन उद्योगमा पारदर्शिता चाहिन्छ।...

विज्ञापन एजेन्सीलाई सूचीकृत हुन थप एक वर्ष समय

२८ वैशाख, काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका विज्ञापन एजेन्सीलाई सूचीकृत हुनका लागि थप एक वर्षको समय दिने तयारी गरेको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ ले सोही ऐन लागू भएको एक वर्षभित्र विज्ञापन बोर्डमा सूचीकृत भइसक्न भनेको थियो । विज्ञापन बोर्डले सूचिकृत हुनका लागि मापदण्ड बनाएर कार्यान्वयनमा पनि ल्याइसकेको छ । मापदण्ड […]

विज्ञापन बोर्डविरुद्ध नेपाल विज्ञापन संघ उत्रियो आन्दोलनमा

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन ऐन, विज्ञापन बोर्ड गठन र एकद्धार विज्ञापन नीतिको विरुद्धमा आन्दोलन थालेको छ। बिहीबार काठमाडौंको बबरमहलमा नेपाल विज्ञापन बोर्डको भवन अगाडि आनका पदाधिकारीहरुले धर्ना दिएका छन्। धर्नामा– विज्ञापन बजार बढाउने नीति लागू गर,विज्ञापन बोर्ड विज्ञापन बाड्ने अखडा होइन,विज्ञापन एजेन्सीको हक अधिकार लागू गर र विज्ञापन ऐन खारेज गर, लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए।

विज्ञापन बोर्डले सच्यायो सहकारीसम्बन्धी  विज्ञापन

विज्ञापन बोर्डले सहकारीसम्बन्धी जनचेतनामूलक विज्ञापन सच्याएको छ । ‘बचत गर्दा ध्यान दिऔैं’ भन्ने सहकारीसम्बन्धी  जारी भएको लोककल्याणकरी विज्ञापन बोर्डले आइतबार सच्याएको हो । सहकारी क्षेत्रलाई नै असर पार्नेगरी विज्ञापन बोर्डले विज्ञापन बनाएको भन्दै चौतर्फी विरोध भएसँगै विज्ञापन सच्याएको हो । नयाँ सूचनामा बोर्ड सहकारी भन्ने ब्यहोरामा बैंक, वित्तीय संस्था र सहकारी भन्ने शब्दावली थपेको छ । जसले सम्पूर्ण बैंकिङ क्षेत्र भन्ने हुने भन्दै बोर्डले आफ्नो पूर्व विज्ञापन सच्याएको ज

प्रस्तावित एकद्वार विज्ञापन नीतिमा नेपाल विज्ञापन संघको विरोध

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै विरोध गरेको छ ।नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भूमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताए ।बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले […]

नेपाल विज्ञापन संघले ‘विज्ञापन सप्ताह’ मनाउँदै

काठमाडौं । नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई “एड˗डे ”को रुपमा साता भरि मनाउने भएको छ । आनले नेपाली विज्ञापन सप्‍ताह जठ ३० गतेदेखि असार ७ गतेसम्म नेपाली विज्ञापन सप्‍ताह कार्यक्रम गरी मनाउने भएको हो ।  यस अवसरमा आनले शान्तीनगर स्थित सचिवालयमा रक्तदानको आयोजना गरेको छ ।

विज्ञापन ऐन, विज्ञापन एजेन्सी एवं सरकारी विज्ञापन

विज्ञापनदाता, विज्ञापन एजेन्सी र मिडिया क्षेत्रबाट राखिएको एकअर्काप्रतिको संकीर्ण सोचले मिडिया, एजेन्सी एवं नेपाली ब्रान्डको खस्कँदो स्थिति छ । नेपालमा विधिवत् रूपमा विज्ञापनसम्बन्धी विज्ञापन नियमन गर्ने ऐन २०७६ साल कात्तिक ८ गते प्रारम्भ भयो, तर नेपालमा विज्ञापनको इतिहास हेर्दा वि.सं. १९५६ बाट सुरु भए तापनि वि.सं. २०१७ मा विज्ञापन एजेन्सी सुरु भएको पाइन्छ । नेपालमा […]

विज्ञापन बोर्डको प्रावधानमा आनको असन्तुष्टि

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापन वितरण गर्ने प्रावधानलाई हास्यास्पद, विवादित र अव्यवहारिक भन्दै सच्याउन माग गरेको छ।...