सरकारको दश महिनाको खर्च ८ खर्ब २४ अर्ब, पुँजीगत खर्च न्यून

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा ८ खर्ब २४ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७७ साउनदेखि २०७८ वैशाखसम्मको अवधिमा चालु खर्च ६ खर्ब ३० अर्ब २० करोड, पुँजीगत खर्च एक खर्ब २५ अर्ब ८८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ६८ अर्ब ७२ करोड रुपैयाँ भएको छ।

सम्बन्धित सामग्री

पुँजीगत खर्च बढाउन सरकार सधैं ‘अक्षम’

प्रक्रियागत झन्झट र जटिलताले पुँजीगत खर्च गर्न सरकार ‘अक्षम’ देखिएको छ। विगतका सरकारले जस्तै यो वर्ष पनि सरकारले पुँजीगत खर्च बढाउन सकेन।...

लुम्बिनीमा नौ महिनामा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च

दाङ- लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षकोे ९ महिनामा एक तिहाइ पनि पुँजीगत खर्च हुन सकेको छैन । विकास निर्माणका काम हुने समयमा पनि पुँजीगत खर्च हुन सकेको छैन । यसले गर्दा विकास निर्माणको काममा प्रभाव परेको छ ।चैत मसान्तसम्ममा ३१.६८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । यसरी पुँजीगत खर्च हुन नक्सदा विकासका कामले गति […]

पुँजीगत खर्च सत्ताइस प्रतिशत

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च […]

पुँजीगत खर्च बढाउन प्रोत्साहन

जिल्लामा पुँजीगत खर्च सन्तोषजनक देखिँदैन। स्थानीय तहदेखि अन्य सरकारी विकासे कार्यालयहरुको पुँजीगत खर्च उत्साहजनक नहुँदा समयमै बजेट खर्च गर्न कठिन छ भने अर्काेतिर खर्च भएको पैसाले गुणस्तरीय विकास हुने आशंका त्यत्तिकै रहेको देखिन्छ। यसको न्यूनीकरण गर्ने र स...

पुँजीगत खर्च बढाउन शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिए । आर्थिक वर्ष २०७८।०७९ को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरूलाई निर्देशन दिए ।‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक […]

पुँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७८।०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका हुन् ।मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए । ‘पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ,’ उनले भने, ‘एक महिनाको अविधिमा ट्रयाकमा ल्याउनेगरी काम गरौं कुनै

शिक्षामन्त्रीद्वारा पुँजीगत खर्च बढाउन निर्देशन

मन्त्रालयको पुँजीगत खर्च चिन्ता जनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए।...

सुदूरपश्चिम प्रदेशमा बढेन पुँजीगत खर्च

योजनाहरु समयमै कार्यान्वयनमा जान नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च पहिलो पाँच महिनाको अवधिमा बढ्न सकेको छैन ।आर्थिक वर्ष २०७८/०७९ को सो अवधिमा गत आर्थिक वर्षमा भएको जत्ति पनि पुँजीगत खर्च हुन नसकेको हो । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा पुँजीगत खर्च मंसिर मसान्तसम्म ७.६८ प्रतिशत भएकोमा चालु आर्थिक वर्षमा […]

लकडाउनमा भन्दा पनि कमजोर पुँजीगत खर्च

पाँच महिनाको पुँजीगत खर्च विगत तीन वर्षयताकै न्यून, मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा, तर २ प्रतिशत पनि हासिल भएन वर्तमान सरकार पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ । चालू...

संघ मातहतका कार्यालयको पुँजीगत खर्च २ प्रतिशत मात्र

गोरखामा संघ सरकार भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको पाइएको छ ।चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्म संघ भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।यो अवधिमा संघ मातहतका कार्यालयको पुँजीगत खर्च २.५१ प्रतिशत रहेकोमा प्रदेश मातहतका कार्यालयको पुँजीगत खर्च […]