लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन ।
सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड संक्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको हो ।
जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये १ हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपांगता भएका व्...