माओवादीमा टिकट नपाएर जसपामा गएका अग्रवालको जित सुनिश्चित, बहालवाला मन्त्री तेस्रो

रुपन्देही । लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाललाई तेस्रो स्थानमा पुराएर बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवालले जित सुनिश्चित गरेका छन् । जारी मतगणना अन्तिम चरणमा पुग्दा अग्रवालले ८२४६ मत पाएका छन् । उनले कांग्रेसका सुरेन्द्रबहादुर हमाल र एमालेका निरक गुरुङलाई पछि पारेका हुन् । हमाल लुम्बिनीका वनमन्त्री हुन् । […]

सम्बन्धित सामग्री

काभ्रे २ मा पूर्व मन्त्री गोकुल बाँस्कोटाको जित निश्चित

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । उहाँको अग्रता गणना हुन बाँकी रहेको मतभन्दा बढी छ । हालसम्म गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गर्नुभएको हो । बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले ३७ हजार …

काभ्रेका उम्मेदवार तथा पूर्वमन्त्री दोङले गरे मतदान

काभ्रेः पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) मतदान गरेका छन्। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका दोङले मतदान गरेका हुन्। दोङले काभ्रेको तेमाल गाउँपालिका–९ स्थित् मैनाजाङ केन्द्र मुक्पाबाट मतदान गरेका छन्। विहानै मतदान केन्द्र पुगेर उनले संधिधान र गणतन्त्रको रक्षाको लागि मतदान गरेको बताए।उनले काभ्रेको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भएको समेत दाबी गरे। काभ्रे–१ बाट दोङसँगै १७ जना उम्मेदवार प्र

‘समानुपातिक पुरुषका लागि पनि हो, महिलाले प्रत्यक्षमा लड्ने हिम्मत गर्नुपर्छ’

नेकपा एमालेकी नेतृ उषाकला राईले आगामी निर्वाचनमा खोटाङ जिल्लामा आफूले टिकटको दाबी गरेकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीले टिकट दिए आफ्नो माइती जिल्ला खोटाङमा समेत एमालेको जित सुनिश्चित गर्न आफू सक्षम रहेको उनको भनाइ छ ।  हाल प्रदेश १ को समानुपातिकतर्फ प्रदेशसभा सदस्यसमेत रहेकी राईले रातोपाटीसँगको विशेष कुराकानीमा आफू महिला भएकाले पनि टिकट पाउनै पर्ने दाबी गरिन् । अब किन सांसद ? किन मन्त्री बन्ने ? भन्ने प्रश्नका लागि आफूसँग पुरै योजना र काम गर्नका लागि त्यसको खाका

लालबाबु पण्डितको दाबीः शेखर कोइरालालाई ४५ सय मतान्तरले हराउँछु

२७ कात्तिक, विराटनगर । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोरङको निर्वाचन नम्बर ६ मा आफ्ना प्रतिद्वन्दी कांग्रेस नेता डा. शेखर कोइरालाई ४५ सय मतान्तरले हराउने दाबी गरेका छन् । विराटनगर-१२ मा घरदैलोमा भेटिएका एमाले नेता पण्डितले । अनलाइनखबरसँग कुरा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरे । सधैंझैं पाइजामा, सुरुवाल र स्टकोटको …