हुन्डाईले एक चार्जमा ५ सय किमि चल्ने विद्युतीय कार ल्याउने - Karobar National Economic Daily
सोल : दक्षिण कोरियाली सवारी उत्पादक कम्पनी हुन्डाईले लामो दुरी तय गर्न सक्ने ‘प्रिमियम’ विद्युतीय कार बनाउने जनाएको छ । विश्वभर विद्युतीय सवारीलाई सबैजसो मुलुकले प्राथमिकता दिएसँगै असधकांश सवारी कम्पनीहरुले…
काठमाडौं । विद्युतीय कार विश्वकै लागि अहिले पनि नयाँ टेक्नोलोजी हो । सन् २०१० बाट विद्युतीय कार उत्पादनको नयाँ युग सुरु भएको मानिन्छ । नेपालको हकमा पनि सन् २०१० बाटै विद्युतीय कार आयात सुरु भएको हो । विद्युतीय कारको बिक्री बढ्न लामो समय लाग्यो । सन् २०१८ को अन्तिममा हुन्डाईले कोना क्रसओभर एसयूभी डिजाइनमा ल्याएसँगै […]
काठमाडौं (अस) । कार उत्पादक कम्पनी हुण्डाईको विद्युतीय कार ‘आइओनिक ५’ ले ‘वर्ल्ड कार अफ द इयर २०२२’ का तीनओटा अवार्ड प्राप्त गरेको छ । वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा प्रदान गरिने ६ ओटा विभिन्न विधामध्ये तीनओटामा हुण्डाईको उक्त कारले बाजी मारेको हो ।
आइओनिक ५ ले वर्ष २०२२ को वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर, वर्ल्ड कार डिजाइन अफ द इयर र वर्ल्ड कार अफ द इयर अवार्ड पाएको हो । वर्ल्ड कार डिजाइन अफ द इयर विधामा आइओनिक ५ को फरक शैली र नौलो डिजाइनले आउडी ट्रोन जीटी र किया ईभी ६ लाई पछि पारेको कम्पनीले जानकारी दिएको छ । आयताकार हेड र टेल ल्याम्पसहितको आईओनिक ५ को रेट्रो डिजाइन आकर्षक रहेको बताइएको छ ।
त्यस्तै उक्त कार विश्व कार अवार्डमा पहिलोपटक समावेश भएको वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर श्रेणीमा पनि आउडी ट्रोन जीटी/मेक्रेड्सईक्यूएस भन्दा अगाडि रहेको कम्पनीले जानकारी दिएको छ । स्मार्ट मोबिलिटीलाई प्रोत्साहन गर्ने उद्देश्यले शुरू गरिएको उक्त विधामा हुन्डाईले शीर्ष स्थान पाउनुले उसको स्मार्ट मोबिलिटीप्रतिको प्रतिबद्धता प्रमाणित गर्ने कम्पनीको दाबी छ । साथै हुन्डाई आइओनिक ५ ले किया ईभी ६ र फोर्ड मस्टाङ ई लाई पछि पारेर वर्ल्ड कार अफ द इयर २०२२ जितेको कम्पनीले बताएको छ ।
काठमाडौं । नेपालमा विद्युतीय कार सेग्मेन्टलाई ‘बुष्ट’ गर्ने पहिलो मोडलको रुपमा हुन्डाई कोनालाई लिन सकिन्छ । सानो, छरितो र आकर्षक डिजाइनको कारण युवाहरुले मनपराउने कोना इभी पहिलो पटक फेसलिफ्ट भएर केही समय अघि नेपाल आएको हो । कोरियन कार निर्माता कम्पनी हुन्डाईले बनाएको पहिलो इलेक्ट्रीक क्रसओभर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्र त्यतिनै आरामदायी र […]