ललितपुर, १८ माघ । नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिइन् । अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा डा श्रेष्ठले […]
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।
काठमाडौँ- म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट […]
आँखाको समस्यालाई न्यूनीकरण गर्नका लागि महानगरपालिकाले रामलाल आँखा अस्पताल र तेज कोहली रुईत फाउण्डेशनसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको हो।...
सल्यान : कपुरकोट गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा आँखाको समस्या भएका बिरामीलाई निःशुल्क उपचार सेवा दिइएको छ।एकदिने निःशुल्क आँखा शिविरबाट २ सय ६६ आँखाका बिरामीले उपचार सेवा पाएका छन्।आँखा चेकजाँचका क्रममा ५० जना बिरामीको मोतियाविन्दुकाे अप्रेशन गर्नु पर्ने गाउँपालिकाले जनाएको छ। राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा असोज ४ र ५ गते मोतियाविन्दुकाे अप्रेसन गरिने गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए।आँखा अप्रेसन शुल्क, आँखा अस्पताल र अप्रेसन अघिको चेकजा
सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरेको छ ।बैंकले अत्तरीयातथा चुरे शाखाको र नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निःशुल्क आँखा चेकजाँच शिविर गरेको छ ।एक दिने स्वास्थ्य शिविरमा चार सय भन्दा बढीले निःशुल्क आँखा चेकजाँच गराएका थिए । […]
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।
कास्कीको पोखरा महानगरपालिका–१ शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष तथा निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् ।
क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल ...
राजविराज, १४ कात्तिक: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ । तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिए । उनका अनुसार निःशुल्क आँखा शिविरका साथै […]
सुनसरीको गढी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब विराटनगर हलेसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लबको संयुक्त आयोजनामा आँखा शिविर गरिएको हो।...