सुपर माई हाइड्रो र सान्जेन जलविद्युतले मागे आईपिओ निष्काशन अनुमति

सुपर माई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युतले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीले मङ्सिर २० गते बोर्डमा आवेदन दिएका हुन् । सुपर माईले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरि १ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना लक्ष्य भन्दा २२ महिना अगाडी नै सम्पन्न भएको थियो । त्यस्तै सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।  शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।  सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान  सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आइपिओ निष्काशन गर्ने छन् ।

सम्बन्धित सामग्री

सान्जेन जलविद्युत कम्पनीको आईपिओ बिक्रि खुला

काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]

आईपिओमा अशन्तुष्टी जनाउदै सान्जेन जलविद्युत कम्पनीमा तोडफोड

आईपिओमा अशंतुष्टि जनाउदै सान्जेन जलविद्युत कम्पनी आयोजनाका आयोजना प्रभावितले सान्जेन जलविद्युतको कार्यलयमा तोडफोड गरेका छन् । आज आइतबार  स्थानीयहरुले साइट अफिस, सवारी साधन लगायतमा तोडफोड गरेका हुन् । गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेको कम्पनीले जनाएको छ ।  उनीहरुले आईपिओ निष्काशन गर्दा गत्लाङका स्थानीयलाई अतिप्रभावितको सुचीमा राख्न माग गर्दै कार्यालय तोडफोड गरेका हुन् । हाल उनीहरुलाई सामान्य प्रभावितमा राखिएको छ । कम्पनीले स्थानीयलाई भदौ ५ गतेदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।  कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो  । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.) , सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु:-१.२.३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओमा आवेदन दिन सक्ने छन् ।  शेयर बाँडफांड गर्दा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र अन्य जिल्लावासीलाई क्रमशः ४.३५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन अकिने छ । आईपिओमा छिटोमा भदौ १९ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज र एनएमबी क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।  सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ ।

सान्जेनको आईपिओ भदौ ५ गतेदेखि

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई भदौ ५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो  । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.) , सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु:-१.२.३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओमा आवेदन दिन सक्ने छन् ।  शेयर बाँडफांड गर्दा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र अन्य जिल्लावासीलाई क्रमशः ४.३५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन अकिने छ । आईपिओमा छिटोमा भदौ १९ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज र एनएमबी क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।  सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ ।

सान्जेन जलविद्युत कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्नको लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार ९ गते कम्पनीलाई शेयर निष्काशनको  लागि अनुमति प्रदान गर्न लागेको हो ।सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज क्यापिटल तथा एनएमबि क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन्। कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।   कम्पनीले मङ्सिर २० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ ।