सान्जेन जलविद्युत कम्पनीले पायो आईपिओ निष्काशन अनुमति

 सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्नको लागि अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज असार ९ गते कम्पनीलाई शेयर निष्काशनको  लागि अनुमति प्रदान गर्न लागेको हो ।सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज क्यापिटल तथा एनएमबि क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन्। कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।   कम्पनीले मङ्सिर २० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ ।