पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री

काठमाडौं: राज्यविरुद्धको कसुर अभियोगमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। तर झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएनन्। प्रहरीले उनका श्रीमनको जिम्मामा रिहा गरेको हो। रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले आफू निशर्त रिहा भएको…

सम्बन्धित सामग्री

रामकुमारी झाँक्री पक्राउको ५ घण्टा : चौतर्फी आलोचनापछि ‘ब्याक’ भयो ओली सरकार

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्दै गरेको विवादित भाषणपछि पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री अन्ततः रिहा भएकी छिन् । चौतर्फी विरोधपछि प्रहरीले साँझ नै उनलाई रिहा गरिदिएको हो ।  उनलाई प्रहरीले बिहीबार दिउँसो १ः१० बजेतिर बानेश्वरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने करिब ५ घण्टा हिरासतमा रहेपछि साँझ ६ः२० बजे रिहा गरिएको हो ।  झाँक्रीलाई ‘सोधपुछ’ का लागि कार्यालयमा गइदिन आग्रह गर्दै प्रहरी उनको निवासमा पुगेदेखि नै

रामकुमारी झाँक्री पाँच घण्टापछि रिहा

काठमाडौं । राज्यविरुद्धको अपराधमा पक्राउ परेकी नेकपा (प्रचण्ड–नेपाल) समूहकी नेत्री रामकुमारी झाँक्री रिहा हुनुभएको छ । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई हिरासतमा लिएको पाँच घण्टापछि प्रहरीले रिहा गरेको हो । प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उहाँका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो। गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको थियो । झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले बिहीबार साँझ रिहा गरेको हो । रिहाई भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै नेत्री झाँक्रीले सरकारले पूर्वाग्रहका कारण आफूलाई गिरफ्तार गरेको भन्दै अब प्रतिगमनको दिनगन्ती सुरु भएको बताउनुभयो ।

नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । बिहीबार बिहान उनालई प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । करीव ६ घण्टा अपराध महाशाखामा राखिएपछि उनी रिहा भएकी हुन्  । आफ्नो जिम्मा कसैले लिनस नपर्ने भन्दै उनी नवासतिर लागको छन् ।  झाँक्री पक्राउ परेपछि सरकारको सर्वत्र आलोचना भएको […]

रामकुमारी झाँक्री रिहा

काठमाडाैं : नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ।उनलाई प्रहरीले घरमै लगेर छाडिदिने सर्तमा रिहा गरेको हो। राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो। नेत्री झाँक्रीलाई रिहा गर्न चाैतर्फी दबाब बढेको थियो। नेकपाकै केही नेता उनलाई भेट्न पुगेका थिए।

रामकुमारी झाँक्री रिहा !

काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो । राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको थियो ।उहाँलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।  केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर ग...

रिहा भइन् रामकुमारी झाँक्री

प्रचण्ड- नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्।

नेत्री रामकुमारी झाँक्री रिहा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीलाई रिहा भएकी छन् । महानगरीय अपराध महाशाखाले पशुपति पुरीको जिम्मा जमानीमा नेत्री झाँक्रीलाई रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीवार राज्य विरुद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई पक्राउ गरेको थियो । गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु – निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आ...

रामकुमारी झाँक्री पक्राउले प्रचण्ड-नेपाल समूह आश्चर्यचकित, अविलम्ब रिहा गर्न माग

नेकपाको प्रचण्ड-नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारको हर्कतको भर्त्सना गर्दै उनलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्