राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्दै गरेको विवादित भाषणपछि पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री अन्ततः रिहा भएकी छिन् । चौतर्फी विरोधपछि प्रहरीले साँझ नै उनलाई रिहा गरिदिएको हो । उनलाई प्रहरीले बिहीबार दिउँसो १ः१० बजेतिर बानेश्वरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने करिब ५ घण्टा हिरासतमा रहेपछि साँझ ६ः२० बजे रिहा गरिएको हो । झाँक्रीलाई ‘सोधपुछ’ का लागि कार्यालयमा गइदिन आग्रह गर्दै प्रहरी उनको निवासमा पुगेदेखि नै