इजेन्सी।बलिउडका चर्चित अभिनेता दिलीप कुमारको हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।स्वास्थ्य अवस्था बिग्रिएपछि उनी यसै महिनामा पटक पटक अस्पताल भर्ना भएका थिए।उनको आज बिहान साढे ७ बजे निधन भएको डा.जजील पालकरले जानकारी दिए। दिलीप कुमारको ट्विटर ह्यान्डलबाट उनका पारिवारिक मित्र फैसल फारुकीले बिहान ८ बजे निधनको जानकारी दिएका छन्।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ६ जुनमा अस्पताल भर्ना गरिएको थियो।