रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमलाको कुनै पनि योजना भएको कुरा महिनौँदेखि अस्विकार गरिरहेका थिए । उनले बारम्बार आफूहरुले युक्रेनसँग जोडिएको सीमामा सैनिक युद्धाभ्यासमात्रै गरिरहेको बताइरहेका थिए ।तर बिहिबार उनले युक्रेनमा विशेष सैन्य कारवाही गर्ने घोषणा गरिदिए । उनको यो घोषणापछि युक्रेनको राजधानी किएभसहित देशका अन्य हिस्सामा बिस्फोटका आवाज सुनिन थाले ।रुसको तर्फबाट भएको यो कारवाहीले पुटिनको मिन्स्क शान्ति सम्झौतालाई तोड्छ र यो युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउने सोम