स्वदेश फिर्ती : अहिलेसम्म फर्किए झण्डै ५३ हजार नेपाली, सबैभन्दा धेरै यूएईबाट (सूचीसहित)

काठमाण्डौ – झाण्डै तीन महिनाको अवधिमा चार्टर्ड उडानमार्फत ५२ हजार ७ सय ७९ जना स्वदेश आइपुगेका छन् । गएको जेठदेखि सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार उडान थालेपछि ५८ देशबाट ५२ हजार ७७९ जना स्वदेश आइपुगेका कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । कोरोना महामारी सुरु भएपछि गएको चैतको पहिला साता...

सम्बन्धित सामग्री

उच्च लागतले एमसीसीका सबै ठेक्का रद्द

काठमाडौं । ज्यादै उच्च लागतका कारण अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विस्तृत परियोजनाको ठेक्का प्रक्रिया रद्द गरिएको छ । समग्र लागतभन्दा उच्च भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल उक्त ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रियामा जाने भएको हो ।  एमसीए नेपालका सूचना अधिकारी राजीव दाहालका अनुसार अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ । टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि यो प्रक्रिया रद्द गरिएको छ । एमसीए नेपालले ३१५ किलोमीटर लामो प्रसारण लाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गएको जेठ ८ मा खोलिएको बोलपत्रअनुसार ६ ओटा कम्पनीले प्रसारण लाइन बनाउन प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये पाँचओटा कम्पनीमात्रै प्राविधिक रूपमा सफल भएका थिए । भारतका कल्पतरु पावर ट्रान्समिशन लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, लार्सेन एन्ड टर्बो लिमिटेड प्राविधिक रूपमा सफल भएकोमा ती कम्पनीले तीनओटै प्याकेजमा आवेदन हालेका थिए । प्रसारणलाइनको पहिलो चरणमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । एमसीए नेपालले यो खण्डको प्रसारणलाइन बनाउन ७ करोड ६४ लाख ६४ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो ।  पहिलो चरणका लागि प्रतिस्पर्धा गरेका कम्पनीमध्ये सबैभन्दा कममा ठेक्का हाल्ने कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड नै १३ करोड १५ लाख अमेरिकी डलर प्रस्ताव गरेको थियो । त्यो नै लागत अनुमानभन्दा ५ करोड ५० लाख ६७ हजार अमेरिकी डलर अर्थात् ७२ प्रतिशतले बढी देखिएको बताइन्छ । ३१५ किलोमीटर प्रसारणलाइन २२ करोड ६ लाख अमेरिकी डलरमा बन्ने अनुमान रहेकोमा ११७ किलोमीटरकै लागत ३६ अर्ब ५९ करोड अमेरिकी डलर पुग्ने गरी बिडिङ भएपछि ठेक्का प्रक्रिया रद्द भएको हो ।  दोस्रो चरणअन्तर्गत रातमाटे–न्यू दमौली खण्डका लागि एमसीए नेपालले ६ करोड ४८ लाख ५३ हजार अमेरिकी डलर लागत अनुमान गरेको थियो । यसमा सबैभन्दा कम प्रस्ताव टाटा प्रोजेक्ट्स लिमिटेडले गरेको थियो । उसले त्यो खण्ड १० करोड ५४ लाख २५ हजार डलरमा बनाउन सक्ने प्रस्ताव गरेको थियो । सबैभन्दा कम प्रस्ताव नै एमसीएको अनुमानभन्दा ४ करोड ५ लाख ७१ हजार डलर बढी थियो । यो लागत अनुमानको ६२ दशमलव ५ प्रतिशतले धेरै हो । त्यस्तै तेस्रो चरणअन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारणलाइन भारतको सीमासम्म तोकिएको छ । एमसीए नेपालले यो खण्डको प्रसारणलाइन निर्माण गर्न ७ करोड ९२ लाख ८२ हजार लागत अनुमान गरेको छ । तर, यसमा सबैभन्दा कम रकममा बनाउने प्रस्ताव गर्ने टाटा प्रोजेक्ट्स लिमिटेडले १२ करोड ९० लाख २१ हजार डलर प्रस्ताव गरेको थियो । त्यो रकम लागत अनुमानको तुलनामा ६२ दशमलव ७३ प्रतिशत बढी हो । रकममा यो ४ करोड ९७ लाख अमेरिकी डलर बढी हुन्छ । यसरी समग्रमा एमसीसीको सहयोगमा निर्माण हुने प्रसारण लाइन बनाउन २२ करोड ६ लाख अमेरिकी डलर लागत अनुमान एमसीए नेपालले गरेको थियो । तर, सबैभन्दा कम लागत कबोल गर्ने कम्पनीहरूले गरेको प्रस्ताव नै ३६ अर्ब ५९ करोड अमेरिकी डलर थियो । यो लागत अनुमानको तुलनामा ६६ प्रतिशतले बढी हो ।  एमसीसी परियोजनाको दिनगन्ती शुरू हुँदा नै पूर्वशर्त पूरा भएको थिएन । परियोजना ५ वर्षमा सकिनेमा शंका उब्जिरहेका बेला अबको टेन्डर प्रक्रियाका लागि कति समय लाग्छ भन्नेमा एमसीए नेपाल नै स्पष्ट हुन सकेको छैन । सडक र प्रसारणलाइन गरी कुल ६९ करोड ७० लाख डलर (करीब ९२ अर्ब) रहेको परियोजनामा अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर लागत छ । प्रसारण लाइनको लागत उच्च भएपछि सडक निर्माण ४० किलोमीटर मात्रै हुने भएको छ । यसअघि ७७ किलोमीटर सडक उच्च क्षमतामा निर्माण गरिने भनिए तापनि यसको लम्बाइ घटाएर ४० किलोमीटरमा झारिएको छ । ३१५ किलोमीटर प्रसारण लाइनका लागि २२ करोड ६ लाख अमेरिकी डलर लागत छुट्ट्याएकामा पहिलो प्याकेजको ११७ किलोमीटरकै  लागत कुल लागतभन्दा बढी बिडिङ भएको थियो ।  नेपाल विद्युत् प्राधिकरण तथा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले अहिले प्रतिकिलोमीटर ८ करोड हाराहारीमा प्रसारण लाइन निर्माण गरिरहेका छन् । एमसीएले ३१५ किलोमीटरका लागि प्रतिकिलोमीटर ७ लाख डलर हाराहारीमा खर्च छुट्ट्याएको छ । तर, यसको डिजाइनमा रहेको शर्तका कारण लागत झन्डै दोब्बर हुने जानकारहरूको दाबी छ ।

गत आवमा सुन आयात ३ वर्षयताकै कम, अघिल्लो आवभन्दा ४२ प्रतिशत घट्यो

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालले २२ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) ०७९/८० मा उक्त मूल्यको २९ लाख १६ हजार ५८६ ग्राम पहेंलो धातु नेपाल भित्रिएको हो । सुन आयातको परिणाम अघिल्लो आवभन्दा ४२ प्रतिशत कम हो । आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब रुपैयाँको ५० लाख ५३ हजार ग्राम सुन आयात भएको थियो ।  गत आवको सुन आयात परिणामका हिसाबले पछिल्लो ३ वर्ष (आव २०७७/७८) यताकै कम हो । (हेर्नुस् तालिका) ६ वर्षमा सुन आयात स्रोत : भन्सार विभाग  सुन आयात घटेसँगै यसबाट सरकारले पाउने राजस्व पनि घटेको छ । अघिल्लो आवमा सुन आयातबाट ४ अर्ब २९ करोड राजस्व संकलन भएकोमा गत आवमा त्यो रकम २ अर्ब ५३ करोड रुपैयाँ मात्रै छ ।  युएईबाट भित्रियो सबैभन्दा धेरै गत आवमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), स्विट्जरल्याण्ड, टर्की र उब्जेकिस्तानबाट सुन आयात गरेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै सुन यूएईबाट नेपाल भित्रिएको छ । सो आर्थिक वर्षमा यूएईबाट १८ अर्ब ९१ करोडको २४ लाख ६६ हजार ५४६ ग्राम सुन आयात भएको हो । त्यसैगरी, टर्कीबाट २ अर्ब ७२ हजार रुपैयाँको ३ लाख ५० हजार ग्राम, स्विट्जरल्याण्डबाट ७० करोड ९९ हजारको १ लाख ग्राम र उब्जेकिस्तानबाट २ लाख ८० हजारको ४० ग्राम सुन नेपाल भित्रिएको छ । 'कोटा प्रणालीको असर' नेपाल सुन चाँदी व्यवासायी महासंघका अध्यक्ष मणिकरत्न शाख्य सुन आयातमा कोटा प्रणाली राखिएकाले आयात घटेको बताउँछन् । 'सरकारले अहिले पनि सुन आयातको कोटा दैनिक १० किलो राखेको छ । त्यसैले आयात घटेको हो,' उनले भने, 'हामीले सुन आयातमा १० किलो कोटा हटाउन सम्बन्धित निकायसँग पहल गरिरहेका छौं ।'  आर्थिक मन्दीका कारण बजार घटेकाले अहिले माग धानिरहेको उनको भनाइ छ । ‘सुन बजार स्लो भएकाले अहिलेसम्म बजारको माग धानिरहेको अवस्था छ,’ उनी भन्छन् ।  पाँच वर्षमा मूल्य दोब्बर सुनको मूल्य पाँच वर्षमा दोब्बरले बढेको छ । २०७५ साउन १० मा सुनको मूल्य प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आजको दिनमा सुनको मूल्य १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो ५ वर्षमा सुनको मूल्यमा उतारचढाव आए पनि पछिल्लो केही महीनादेखि सुनको मूल्य लाखमाथि रहँदै आएको छ । गत वर्ष पुस १ गते प्रतितोला ९९  हजार ९०० मा कारोबार भएको सुन त्यसयता तोलाको लाखमाथि नै छ । सुनको मूल्य साउन ४  गते अहिलेसम्मकै सर्वाधिक तोकिएको छ । उक्त दिन सुन तोलाको १ लाख १३  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य अझै बढ्ने व्यवसायी बताउँछन् ।

आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व संकलन लक्ष्यभन्दा १२ % ले वृद्धि

चैत १०, चितवन । चालू आर्थिक वर्ष २०७८/ ७९ को अघिल्ला महीनाहरुमा लक्ष्यभन्दा कम असुली गर्दै आएको आन्तरिक राजस्व कार्यालय भरतपुरले फागुन महीनामा लक्ष्यभन्दा १२ प्रतिशतले बढी राजस्व असुली गरेको छ ।  मदिराजन्य वस्तुको कारोबारमा वृद्धि हुंँदै जाँदा सो महीनामा लक्ष्यभन्दा ११ दशमलब ७७ राजस्व संकलन गर्न सकेको हो । जसअनुसार विभागले कार्यालयलाई १ अर्ब ६२ करोड २४ लाख २८ हजार लक्ष्य दिएकोमा १ अर्ब ८१ करोड ३३ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । सबैभन्दा बढी कर असुली अन्त : शुल्कबाट  चालू आबको फागुन महीनामा सबै शिर्षकहरु मध्ये सबैभन्दा बढी राजस्व असुली अन्त : शुल्कबाट भएको छ ।  कार्यालयले सो महीनामा अन्त : शुल्कबाट १ अर्ब ५२ करोड २८ हजार रुपैयाँ संकलन गरेको छ । उक्त  महीनामा कार्यालयलाई १ अर्ब ३६ करोड ४४ लाख ९० हजार रुपैयाँको लक्ष्य दिइएको थियो ।  यस्तै दोस्रो बढी कर संकलन आयकरबाट १६ करोड ४५ लाख ५३ हजार रुपैयाँ असुली भएको छ । उक्त शिर्षकमा विभागले कार्यालयलाई  ६ करोड ७६ लाख ४ हजार रुपैयाँ लक्ष्य दिएको थियो ।  स्वास्थ्य सेवा शिर्षकमा  ४ लाख ९ हजार लक्ष्य दिएकोमा २३लाख ८७ हजार रुपैयाँ  संकलन भएको छ ।  अन्य शिर्षकमा भने लक्ष्यभन्दा कम कर असुली भएको छ । जसअनुसार बहालकर शिर्षकमा २७ लाख २० हजार रुपैयाँ असुली भएको छ । यो शिर्षकमा विभागले सो महीनाका लागि ४२ लाख ७३ हजार रुपैयाँको लक्ष्य दिएको थियो । यस्तै ब्याजकर शिर्षकमा फागुन महीनामा ८८ लाख ४९ हजार लक्ष्य दिएकोमा ४३ लाख ७५ हजार रुपैयाँ असुली  र शिक्षा सेवा कर शिर्षकमा ४ लाख ४८ हजार रुपैयाँ लक्ष्य दिएकोमा ६३ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका कर अधिकृत सुशिल लम्सालले विगतमा भन्दा फागुन महीनामा कर असुली सन्तोषजनक रहेको बताए ।  ‘अघिल्ला महीनाहरुमा कोरोना कहर, सुस्त आर्थिक गतिविधि, क्रयशक्तिमा ह्रास, तरलता अभावलगायतका कारणले पनि कर असुली लक्ष्यभन्दा कम थियो’, उनले भने, ‘अहिले मदिराजन्य वस्तुको उत्पादन तथा विक्री क्रमश : बढ्दै गएकोले पनि लक्ष्यभन्दा बढी असुल भएको छ ।’  कार्यालयको अधिकांश राजस्व अन्तःशुल्कमा भरपर्ने भन्दै उनले गर्मी महीना शुरु भएसँगै, स्थानीय निर्वाचनको संघार र कोरोना कहर सुस्ताउँदै जाँदा कर संकलन अपेक्षित हुने बताए ।  विभागले कार्यालयलाई चालू आर्थिक वर्षको फागुन महीनासम्म १२ अर्ब ७९ करोड ३० लाख १५ हजार लक्ष्य दिएकोमा १० अर्ब १ करोड ९१ लाख ७ हजार रुपैंया संकलन भएको छ ।  यो चालू आर्थिक वर्षमा विभागले कुल २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँको लक्ष्य दिएको छ ।

६ महीनामा यातायात व्यवस्था कार्यालय चितवनले संकलन गर्‍यो ४० करोड राजस्व

माघ ६, चितवन । चालू आर्थिक वर्ष ०७८/७९ को ६ महीनामा यातायात व्यवस्था सेवा कार्यालय चितवनमा झण्डै ४० करोड संकलन भएको छ ।  कार्यालयका अनुसार चालू आवको पुस मसान्तसम्म कार्यालयले सबै शीर्षकमा गरी ३९ करोड ९२ लाख १८ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको हो ।  कार्यालयले मुख्यतः यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरीवाना, सवारी साधन कर, सवारी दस्तुर र आयकर शीर्षकमा कर संकलन गर्दै आएको छ । कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शीर्षकमा कर संकलन गर्ने गरेको छ भने सबैभन्दा कम प्रशासनिक दण्ड जरीवानाबाट असुलेको छ ।  जसअनुसार सवारीसाधन कर शीर्षकमा सो अवधिमा ३२ करोड २८ लाख ९७ हजार १२६ रुपैयाँ र प्रशासनिक दण्ड जरीवानाबाट ५६ लाख ४६ हजार ३८६ रुपैयाँ कर संकलन गरेको छ ।  यस्तै, यातायात क्षेत्रको आम्दानीबाट २ करोड ८६ लाख ६८ हजार ४६० रुपैयाँ, सवारी दस्तुरबाट २ करोड ७३ लाख ७९ हजार ६०१ रुपैयाँ, र आयकर शीर्षकबाट १ करोड ४६ लाख २७ हजार २७० रुपैयाँ संकलन गरेको छ ।  सबैभन्दा बढी संकलन साउनमा कम भदौमा  कार्यालयले दिएको तथ्यांक अनुसार चालू आवको पुसससम्म सबैभन्दा बढी कर संकलन साउनमा भएको छ भने सबैभन्दा कम भदौ महीनामा संकलन भएको छ ।  जस अनुसार साउन महीनामा ७ करोड ८२ लाख ५३ हजार ३८० रुपैयाँ र भदौ महीनामा ४ करोड ५४ लाख ४६ हजार ४६६ रुपैयाँ संकलन भएको छ । यस्तै असोज महीनामा ६ करोड ३५ लाख ८७ हजार ९८४, कात्तिकमा ६ करोड ७६ लाख ९६ हजार ४९८, मंसिर महीनामा ७ करोड २१ लाख ९९ हजार ८५४ रुपैयाँ र पुस महीनामा ७ करोड २० लाख ३४ हजार ६६२ रुपैयाँ राजस्व संकलन गरेको छ ।  कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक वर्षको अन्तिममा राजस्व तिर्न तथा नवीकरण गर्न छूटेका सवारीधनीहरुले साउन महीनामा कर तिर्न आउने हुनाले स्वभाविक रुपमा साउन महीनामा बढी कर संकलन  हुने गरेको बताए । ‘चैत, असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महीनाभन्दा बढी राजस्व संकलन हुन्छ पौडेलले भने, भदौ महीनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजस्व संकलन भएको हो ।’ कार्यालयले यस वर्षमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।   अहिले चालक अनुमति पत्र नवीकरणबाट पनि थप आम्दानी भएकोले लक्ष्यभन्दा बढीनै राजस्व संकलन हुने प्रमुख पौडेलको भनाइ छ । हाल कार्यालयले भीडभाड र कोरोना जोखिम कम गर्न सवारी चालक अनुमतिपत्र लाइसेन्स तथा सवारी नवीकरणका लागि कार्यालयको वेबसाइट मार्फत अनलाइन टोकन प्रणाली शुरु गरेको छ ।  कार्यालयमा गत महीनादेखि नै लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन शुरु गरिएको थियो ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थात हाल सक्रिय सङ्क्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्द

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो

काठमाण्डौ – भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय २३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।  भारतमा अहिले एक लाख ५३ हजार सात सय ७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ ।  यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको शून्य दशमलव ४५ प्रतिशत मात्रै हो । अर्थात अहिले सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० क...

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदै भोजपुर

असोज २, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करीब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् । २५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष तत्कालिन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो । त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत् आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर  आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युतको इतिहास बोकेको सो विद्युत् गृह भने हाल बन्द छ । हिले भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् ।  केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूर्णरुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेको गाउँपालिकाले जानकारी दिएको छ । ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ ।  यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूर्णरुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ ।  भोजपुर नगरपालिकाका सबै वडामा विद्युत् पुगेको भए पनि केही केही वडाका घरपरिवारमा विद्युत् पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिइन् ।  पौवादुङमा गाउँपालिकाको केही वडामा केन्द्रीय प्रसारणलाइन सञ्चालनमा रहेको भए पनि पूर्णरुपमा विस्तार भएको छैन । यो गाउँपालिकाका सबै क्षेत्रमा केन्द्रीय लाइन विस्तारका लागि बोलपत्र आह्वान भएर काम थालनी भएको गाउँपालिकाले जानकारी दिएको छ ।  गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दूर्गम क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सौर्यबत्तीलगायत सामग्री वितरण गर्दै आएको छ । अहिले गाउँपालिका केन्द्र च्यांग्रेको केही भाग, वडा नं २ तिवारी भञ्याङको करीब ७० प्रतिशत, वडा नं १ श्यामशीला र वडा नं ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ ।  उपप्रमुख राईले भने, ‘पटकपटक काठमाडौंमा पुगेर विद्युत् विस्तारका लागि बोलपत्र आह्वान गरेर कामको थालनी गर्न त सफल छौँ । ठेकेदारले केही वडामा पोल ल्याएर खसालेको छ, तर पछिल्लो समयमा आएर काममा प्राधिकरणका कारण बाधा पुगेको अवस्था छ । प्राधिकरणले सामान दिन आनाकानी गरेपछि ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । म आफैँ प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर यस विषयमा जानकारी गराउँदा समेत कामअघि बढ्न सकेको छैन । यसतर्फ प्राधिकरणको ध्यान जान आवश्यक छ ।’  गाउँपालिकामा विद्युत् विस्तारका लागि रू. चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जानकारी दिएको छ । त्यो रकममध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि रू. ९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ ।  हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई ओटा वडाका करीब ५० ५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिए ।  षडानन्द नगरपालिकाका करिब केन्द्रीय र स्थानीय गरी ७० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको उपप्रमुख मेरिका राईले जानकारी दिए । यहाँ १४ ओटा रहेका छन् । सबै वडामा भने पूर्णरुपमा विद्युतीकरणका लागि काम भइरहेको नगपालिकाले जानकारी दिएको छ । साल्पासिलिछो गाउँपालिकामा पनि केन्द्रीय प्रसारणलाइन विस्तारको थालनी भएको छ । अन्य स्थानीयको तुलनामा यहाँ काम ढिला शुरु भएको हो । वडा न १ र २ कुलुङसम्म केन्द्रीय लाइन विस्तार भएर परीक्षण भइरहेको गाउँपालिकाल अध्यक्ष महेश राईले जानकारी दिए ।  केही समयअघिबाट मात्र केन्द्रीय लाइन विस्तार भएकाले यहाँका स्थानीय स्थानीयस्तरमा उत्पादन भएको विद्युत्लाई प्रयोग गर्दै आएका छन् । यहाँ आठ ओटाको हारहारीमा पेल्टी सेट जडान गरेर विद्युत् निकालिएको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार यहाँका करीब ५० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेका छन् । रासस

कोरोना भाइरस : आठ वटा देशमा चीनमा भन्दा धेरै बिरामी

काठमाण्डाै – विश्वका विभिन्न आठ देशमा चीनमा भन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेका छन् । चीनमा नयाँ सङ्क्रमण घटेको र उपचारपछि निको हुने क्रम बढेको छ भने अरु देशमा बिरामी थपिइरहेका छन् ।  अहिले सबैभन्दा धेरै इटलीमा ४२ हजार ६ सय ८१ जना बिरामीले उपचार गराइरहेका छन् । इटलीमा ५३ हजार पाँच स...