झापाको बाह्रदशीमा गठबन्धनलाई हराउँदै एमाले विजयी

झापा : गठबन्धनका उम्मेदवारलाईपछि पार्दै बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)ले जितेको छ। गाउँपालिकाको अध्यक्षमा एमालेका देवीन्द्र प्रसाद चम्लागाई (देवेन्द्र) र उपाध्यक्षमा एमालेकी शान्ता देवी सिवाकोटी निर्वाचित भएकी छन्।माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका कांग्रेसले अध्यक्षमा खड्ग प्रसाद राजवंशीलाई उम्मेदवार बनायो। निकटतम प्रतिस्पर्धी राजवंशीलाई २७८७ मतान्तरले पराजित गर्दै गाउँपालिकाका अध्यक्षमा एमालेका चम्लागाई निर्वाचित भएका हुन्। राजवंशी निवर्तमान गाउँपालिकाका अध्यक

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको हो । उपमहानगरको प्रमुखमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै टिकाराम खड्का ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरे । त्यस्तै […]

मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् । गुरागाईँले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए […] The post मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए । खनाल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल काँग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए । उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् । उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवाद

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलाम – इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए । खनाल २०७४ को स्थानीय तहको निर्वाचतमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल कांग्रेसका रामकुमार श्रेष्ठसँग […]

घोराही उपमहानगर : गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरीले यस पटक पनि आफ्नो सिट सुरक्षित राख्न सफल भए। उनले...

गठबन्धनका उम्मेदवारलाई हराउँदै बाराकाे निजगढमा एमाले विजयी

बारा – बाराको निजगढ नगरपालिकामा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएकाे छ । एमालेले निजगढकाे मेयर र उपमेयरमा जित हात पारेको हो ।  मेयरमा एमालेका सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्ग निर्वाचित हुनुभएको हो । मेयरमा पुरीले नौ हजार चार सय ७५ र उपमेयरमा थिङ्गले आठ हजार छ सय ५९ मत ल्याउनुभएकाे हाे ।  मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेश खनालले आठ हजार आठ सय २३ मत प्राप्त गर्दा उपमेयरमा नेकपा माओवादीका रविराज दंगालले आठ हजार पाँच सय १८ मत प्राप्त ग...

निजगढमा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी

बाराको निजगढ नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमाले बिजयी भएको छ। सत्ता गठबन्धनलाई हराउँदै एमालेले निजगढ नगरमा जित निकालेको  हो । नेपाली  कांग्रेस र नेकपा माओवादी केन्द्र बीच  गठबन्धन...

सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

दैलेखको नारायणमा गठबन्धनलाई हराउँदै एमाले विजयी

दैलेख : दैलेखको नारायण नगरपालिकामा एमाले विजयी भएको छ। गठबन्धनका उम्मेदवारहरूलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन। नगर प्रमुखमा एमालेका लोमन शर्माले ५४३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै तप्ताकुमारी थापाले ५६७३ मत ल्याएर विजयी भएकी दैलेखका मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले बताए। एमालेबाट प्रमुखमा शर्मा विजयी हुँदा गठबन्धनबाट कांग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले ५३५७ मत प्राप्त गरेका जनाइए

गठबन्धलाई हराउँदै ताप्लेजुङको आठराई त्रिवेणीमा एमाले विजयी

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । गठबन्धन तर्फबाट काँग्रेसका प्रतिद्वन्द्वीलाई हराउँदै एमालेका दिपेन पोमुले ३ हजार ३६ मत प्राप्त गर्दै प्रमुख पदमा जित हासिल गरेका हुन् । काँग्रेसका विश्वनाथ सिटौलाले भने २ हजार ५२६ मत मात्र प्राप्त गरेका छन् । यस्तै उपप्रमुख पदमा पनि एमालेकै शान्ता आङ्बुहाङले २ हजार ८१९ मत प्राप्त गर्दै जित हासिल गरेकी छन् । आङ्बुहाङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रजिन हाङ्बाङलाई पछि पार्दै जित हासिल गरेकी हुन