इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए । खनाल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल काँग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए । उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् । उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवाद