बारा – बाराको निजगढ नगरपालिकामा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएकाे छ । एमालेले निजगढकाे मेयर र उपमेयरमा जित हात पारेको हो ।
मेयरमा एमालेका सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्ग निर्वाचित हुनुभएको हो । मेयरमा पुरीले नौ हजार चार सय ७५ र उपमेयरमा थिङ्गले आठ हजार छ सय ५९ मत ल्याउनुभएकाे हाे ।
मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेश खनालले आठ हजार आठ सय २३ मत प्राप्त गर्दा उपमेयरमा नेकपा माओवादीका रविराज दंगालले आठ हजार पाँच सय १८ मत प्राप्त ग...