मूल्य निर्धारण नभए पनि चिनी उद्योग सञ्चालन गर्ने सहमति
किसानले खेतमा रोपेको उखुको मूल्य निर्धारणमा सहमति हुन नसके पनि चिनी उद्योग सञ्चालनमा आउने सहमति भएको छ। सहमतिपछि देशभरका चिनी उद्योगहरु छिटै सञ्चालनमा आउने भएका छन्।
उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।
रौतहट । रौतहटका चिनी उद्योगमा उखु विक्री गर्न नपाउने गरी बारा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै बारामा नै सञ्चालनमा रहेका उद्योगमा उखु विक्री गर्न किसानलाई आग्रह गरेको हो । तर वर्षौंदेखि रौतहटको चिनी उद्योगमा उखु बेच्दै आएका किसानले आफू अनुकूल बेच्न पाउनुपर्ने माग गर्दै बारा प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । माघ २३ गतेबाट लागू हुने गरी रौतहटमा उखु विक्री गर्न नपाउने गरी प्रशासनले रोक लगाएपछि बाराका किसानले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई भेटेर रौतहटका चिनी मिलमा उखु बेच्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
बाराका चिनी उद्योगभन्दा रौतहटको चिनी उद्योगमा उखु विक्री गर्दा प्रतिक्विन्टल ८० रुपैयाँ बढी फाइदा हुने किसानको भनाइ छ । जुन उद्योगको खरीददर बढी हुन्छ, सोही उद्योगलाई आफूहरूले उखु बेच्न पाउनुपर्ने किसानको माग छ । किसानले उत्पादन गरेको उखु आफू अनुकूल मुलुकको जुनसुकै स्थानका चिनी मिलहरूमा बेच्न पाउनुपर्ने उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
बाराका उखु किसानले रौतहटको कटहरिया नगरपालिका– ९ मा रहेको बाबा वैजनाथ सुगर मिलमा उखु बेच्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले बारामा चिनी उद्योग सञ्चालन भएको स्थानबाट २५ किलोमिटर क्षेत्रभित्रका उखु अन्यत्र विक्री गर्न नपाउने भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौंले परिपत्र गरेकाले मन्त्रालयको निर्णय कार्यान्वयन गर्न अन्य जिल्लामा उखु विक्री गर्न बन्देज लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । जुनसुकै स्थानमा पनि उखु बेच्न पाउने आफूहरूको अधिकार रहेको किसानले बताएका छन् । जिल्ला प्रशासन कार्यालयसमक्ष राखेका मागको बेवास्ता गरेमा प्रशासनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी किसानले दिएका छन् ।
काठमाडौँ,६ पुष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि […]
दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो । अब एक/दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिए।
किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन ब...
सर्लाहीको ईश्वरपुर–५ नरेशखोरमा उखु खेती गर्दै आएका रामनाथ महतो उखु लिएर महोत्तरी आइपुग्छन् । आफ्नै जिल्लामा चिनी उद्योग सञ्चालन भइरहे पनि महतोलाई महोत्तरीको गौशाला–१ रामनगरमा रहेको एभरेस्ट चिनी उद्योगले उखु महोत्तरी नै ल्याउन निकै पछ्यायो ।
सर्लाही । सलाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानले उखु काट्न थालेका हुन् ।
सरकारले उखुको समर्थन विक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपीलमुनि मैनालीले बताए । उनका अनुसार उखुको मूल्य निर्धारण गर्न भन्दै केही दिनअघि भएको त्रिपक्षीय छलफल विनानिष्कर्ष टुंगिएको र अहिलेसम्म उखुको मूल्य निर्धारण नभए पनि जिल्लाका उखु उत्पादक किसानले उखु काट्न थालेका हुन् ।
उखु उत्पादक किसानले क्रसिङ सिजनका लागि उखुको न्यूनतम मूल्य प्रति–क्विन्टल ६८० हुनुपर्ने भए पनि तत्कालका लागि ६४० मूल्य कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिएको थियो । यता उद्योगले भने सरकारल पछि निर्धारण गरेको मूल्यमा उखु उत्पादक किसानलाई भुक्तानी गर्नेगरी उखु क्रसिङको तयारी थालेको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।
मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगले यसै हप्तादेखि क्रसिङ गर्ने गरी उत्पादक किसानलाई धमाधम उखु कटाउने चलान पूर्जी वितरण गर्न थालिसकेका छन् । मूल्य निर्धारण भइनसकेकाले अगाडि नै उखु विक्री गर्दा पछि किसानलाई भुक्तानीमा समस्या पर्ने अगुवा किसान राजकुमार उप्रेतीले बताए ।
विभिन्न उखु उत्पादक किसान सम्बद्ध संघ–संगठनले यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ६८० रुपैयाँभन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने अडान लिएका छन् । पुसको १५ हुनै लाग्दा धेरै किसानको उखु खेतमा सुक्न थालिसकेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् । गएको वर्ष सरकारले उखुको प्रति–क्विन्टल मूल्य ५३६.५६ रुपैयाँ कायम गरेको थियो । त्यसमा उद्योगीले ४७१.२८ पैसा र सरकारले उखु किसानलाई अनुदानस्वरूप ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । जिल्लाको इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी सुगर मिल बगदहले क्रसिङ शुरू गरेका छन् भने अन्नपूर्ण चिनी उद्योग किसानको भुक्तानी गर्न नसकेर बन्द रहेको छ । रासस
डेढ अर्ब रुपैयाँको लगानीमा सात वटा ठूला सहकारी उद्योग सञ्चालन हुने भएका छन् । उद्योग सञ्चालनका लागि गत आर्थिक वर्षमा सातवटा ठूला सहकारी संघले सहकारी विभागमा प्रस्ताव पेस गरिसकेको सहकारी विभागका योजना अधिकृत विष्णु घिमिरेले बताएका छन् ।
सञ्चालन गर्न लागिएका सहकारी उद्योगहरूमध्ये धनुषाको हरिहरपुरमा रू. १ अर्बको लगानीमा नेपालकै सबैभन्दा बढी उत्पादन क्षमता भएको चिनी उद्योग रहेको छ । केन्द्रीय उखु उत्पादक सहकारी संघको अग्रसरतामा सो उद्योग स्थापना हुन लागेको हो ।
उद्योगले आवश्यक उपकरण खरिद गर्न कोटेशन आह्वान गरिसकेको सो संघका अध्यक्ष रामचन्द्र कुशवाहाले जानकारी दिए । उपकरण खरिदका लागि कुल खर्चको २५ प्रतिशत रकम सहकारी विभागले अनुदानका रुपमा उपलब्ध गराउने व्यवस्था छ । तर विभागको ढिलासुस्तीले गर्दा गत आर्थिक वर्ष छुट्याइएको रू. १० करोड रकम फ्रिज भएकाले ती सातवटै उद्योगले अनुदान सहयोग पाउन सकेनन् ।
केन्द्रीय दुग्ध सहकारी संघले रू. ६० करोडको लगानीमा सर्लाहीमा धुलो दुग्ध कारखाना सञ्चालन गर्ने तयारी गरेको छ । उद्योग स्थापनाका लागि आवश्यक उपकरण खरिदका लागि संघले रू. ४० करोड लाग्ने बताएको छ । सो रकममध्ये रू. ३० करोड दुग्ध सहकारी संस्थाहरूबाट संकलन गरिसकिएको भए पनि सरकारले उपलब्ध गराउनुपर्ने रू. १० करोड अनुदान सहयोग भने उपलब्ध नभएको संघका अध्यक्ष माधव कोइरालाले जानकारी दिए ।
वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६
सर्लाही : सरकारले उखुको मूल्य नतोक्दा र चिनी मिल सञ्चालन नहुँदा सर्लाहीका उखु किसान आधा मूल्यमै सख्खर उत्पादकलाई उखु बिक्री गर्न बाध्य भएका छन्।
गत वर्ष सरकारी अनुदान समेत गरी उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको थियो। अहिले किसानले सख्खर उत्पादकलाइ प्रतिक्विन्टल २५० देखि ३०० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
...
सर्लाही – चिनी उद्योग सञ्चनलन हुने समय अनिश्चित भएपछि उखु किसान समस्यमा परेका छन् ।
पुसको दोस्रो साता बितिसक्दा समेत उद्योग सञ्चालन हुने कुनै छाटकाँट नदेखिएपछि किसान ‘कसरी उखु बिक्री गर्ने’ चिन्तामा रहेको सर्लाही हरिपुरका उखु किसान नानीबाबु थापाले गुनासो गर्नुभयो ।
विगतका वर्षमा म...