नेप्से सूचक २७ अंकले बढे पनि कारोबार ७ अर्ब १६ करोडमा सीमित

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७ अंकले उकालो लागेको छ । ०‍‍ दशमल ९६ प्रतिशतको वृद्धिदर कायम गर्दा परिसूचक २ हजार ८७० अंकमा पुगेको हाे

सम्बन्धित सामग्री

नेप्से सूचक साढे २९ सय अंकमा, ७ अर्ब ९० करोडको कारोबार

सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ ।  लगातार बढ्दो क्रममा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अर्थात् यस कम्पनीका लगानीकर्ताहरूले आज

७३ अंकले बढ्यो नेप्से सूचक, कारोबार रकम ८ महिना यता कै उच्च

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से ७३.०१ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से सूचक २७६५.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर खरीद बिक्रिबाट ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ । ८ महिनापछि कारोबार रकम ७ अर्ब नाघेको हो । यस अघि बैशाख ३० गते ७ अर्ब १२ करोडको कारोबार भएको थियो । त्यसपछि आज पहिलो पटक ७ अर्ब बढीको कारोबार भएको हो । आज अपि पावरको सबैभन्दा धेरै २९ करोडको कारोबार भएको छ । त्यस्तै प्रभु बैंकको २० करोड ८६ लाख , अपर तामाकोशी २० करोड १५ लाख र शिवम् सिमेन्टको १९ करोड ३९ लाखको कारोबार भएको छ । आज कारोबारमा आएका समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ५.४९ प्रतिशत, फाइनान्स समुह ५.१६ प्रतिशत र हाइड्रो समुह ४.९६ प्रतिशतले बढेको छ ।

सन् २०२१ मा १९ खर्बको शेयर किनबेच, सूचक र कारोबारको नयाँ रेकर्ड कायम

सन् २०२१ को वर्षभरि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झन्डै १९ खर्बको कारोबार भएको छ । सन् २०२१ मा कुल २३९ दिन बजार खुला रहेको थियो । २३९ दिनमा कुल १८ खर्ब ९८ अर्ब १८ करोड ९० लाख २७ हजार ६ सय २ रुपैयाँ ४२ पैसाको कारोबार भएको हो ।सन् २०२१ मा नेप्सेमा औसतमा ७ अर्ब ९४ करोड २२ लाख १३ हजार ५ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार १५ अगस्त अर्थात् साउन ३१ गते भएको थियो । यस दिन कुल २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको कारोबार भएको थियो । सबै भन्दा कम कारोबार भने अक्टोबर १७ मा भएको थियो । यस दिन केवल १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । सन् २०२१ मा नेप्से सूचक ४१९.६५ अंकले बढेको छ । यस वर्षको पहिलो कारोबार जनवरी ३ सुरु मा हुँदा नेप्से सूचक २१०४.८५ मा रहेकोमा वर्षको अन्तिम दिन अर्थात् आज डिसेम्बर २९ मा नेप्से सूचक २५२४.५० को बिन्दुमा पुगेको छ । सन् २०२१ मा नेप्से सूचक अगस्त १८ मा अर्थात भदौ २ गते उच्चतम बिन्दु अर्थात् ३१९८.६० बिन्दुमा बन्द भएको थियो । यस वर्ष जनवरी ५ मा नेप्से सूचक २१६५.४९ को बिन्दुमा बन्द भएको थियो । यो नै वर्षको न्युनतम विन्दु हो । अगस्त १९ अर्थात् भदौ ३ गते नेप्से सूचक ३२६९.८९ को इन्ट्रा डे अल टाइम हाइ पुगेको थियो । इन्ट्रा डे लो (२१०४.८५) भने जनवरी ३ मा रहेको थियो । सन् २०२१ मै नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको हो भने यहि वर्ष कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको हो ।

नेप्से सूचक ५५ अंकले बढ्यो, बैंक बाहेक सबै परिसूचक हरियो

साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से) ५५.५० अंकले बढेको छ । गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो । बैंकिङबाहेक सबै परिसूचक (सब–इन्डिक्स) हरियो अर्थात बढ्दो क्रममा छ ।  आज नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ । ५५.५० अंक बढेसँगै सूचकले २,८३७.६१ अंक भेटेको छ । आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.४६ अंकले बढेर ५३०.४६ पुगेको छ । विकास

सेयरको कारोबार ७ अर्बमा खुम्चियो

कुनै बेला १९ अर्बसम्मको कारोबार भएको सेयर बजारमा उच्च गिरावट आएको छ । साताको अन्तिम (बिहिबार) ७ अर्ब रुपैयाँको  सेयर कारोबार भएको छ । नेप्से सूचक १६.९६ अंकले घटेर २८४३ बिन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड ३२ लाख १० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।१३ समूहमध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक घ...

सेयर बजारमा ऐतिहासिक कीर्तिमान

अर्थतन्त्रमा ठूलो संकुचन आइरहँदा अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक भने ऐतिहासिक बिन्दुमा पुगेको छ । २०७३ साल साउन १२ गतेको १८८१.४५ अंकको रेकर्ड तोडेर बिहीबार सेयर बजार परिसूचक १८९३.२४ अंकमा बन्द भएको छ । बिहीबार नेप्से सूचक १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार […]