नेप्से सूचक ५५ अंकले बढ्यो, बैंक बाहेक सबै परिसूचक हरियो

साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सचेञ्ज सूचक (नेप्से) ५५.५० अंकले बढेको छ । गत सातादेखिको बढ्दो क्रम नेप्सेमा आज पनि कायम रहेको हो । बैंकिङबाहेक सबै परिसूचक (सब–इन्डिक्स) हरियो अर्थात बढ्दो क्रममा छ ।  आज नेप्सेमा कूल ७ अर्ब २ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँ बराबरको १ करोड ३ लाख ९९ हजार ३२२ कित्ता सेयर कारोबार भएको छ । ५५.५० अंक बढेसँगै सूचकले २,८३७.६१ अंक भेटेको छ । आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ९.४६ अंकले बढेर ५३०.४६ पुगेको छ । विकास

सम्बन्धित सामग्री

नेप्से सूचक दोहोरो अंकले घट्यो - NepaliPatra

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक १० अंकमाथिले घटेको छ । आज नेप्से सूचक १०.५० अंकले घट्दै २ हजार ८५.८२ अंकमा झरेको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५.७४ अंकले बढेर २ हजार ९६.३८ अंकमा अडिएको थियो । आज विकास बैंक समूह, हाइड्रोपावर समूह र म्युचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका […]

नेप्से १७ अंकले बढ्यो, कारोबार २ अर्बमा सीमित

लगातार दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा १७ अंकको वृद्धि भएको छ । अघिल्लो दिन १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक पुनः सोमबार पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको

१६ अंकले नेप्से बढ्दा २ अर्ब २९ करोडको कारोबार

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १६.२७ अंकले बढ्दै नेप्से सूचक २०४५.६९ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा अडिएको थियो । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । फाइनान्स समूहको उपसूचक २.७७ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स समूहको उपसूचक १.८३ अंकले, ट्रेडिङ समूहको उपसूचक १.५९ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले र डेभलपमेन्ट बैंक १.१८ प्रतिशतले बढेको छ । यस

५९ अंकले बढ्यो नेप्से सूचक, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५९.५४ अंकले बढेर १९८६.८२ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२५ कम्पनीका ५७ लाख ८७ हजार १ सय २५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै ९ करोड २ लाख , एनआईसी एसिया बैंकको ८ करोड ३३ लाख, नेपाल बैंकको ७ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेको छ । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ६.९६ प्रतिशत तथा विकास बैंक समुह ६.२५ प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

४१ अंकले बढ्यो नेप्से सूचक, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक ४१.३९ अंकले बढेर  १९६२.७१ को बिन्दुमा  पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता शेयर खरिद बिक्रि बाट १ अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रुपैयाँको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ५ करोड ४२ लाख, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह भन्दा धेरै ६.५६ प्रतिशत बढेको छ भने विकास बैंक समुह ४.४३ प्रतिशत तथा फाइनान्स समुह ४.१४ प्रतिशतले बढेको छ । आज आंधीखोला लघुवित्त, र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बरुण हादिरोको शेयर मूल्य ९.४५ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ । आज मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक १.९१ प्रतिशतले घटेको छ ।

९५.४६ अंकले बढ्यो नेप्से सूचक, हाइड्रो र विकास बैंक समुहमा उच्च वृद्धि

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ९५.४६ अंकले बढेको छ । आज नेप्से सूचक ९५.४६ अंकले बढेर २४२०.०१ को बिन्दुमा पुगेको छ ।आज कारोबारमा आएका २३८ कम्पनीको ६६ लाख ३९ हजार ५ सय ४ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रुपैयाँको कारोबार भएको छ । आज सानिमा बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै २२ करोड १० हजार बराबरको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्टको ११ करोड ४६ लाख, अरुण भ्याली हाइड्रोको ९ करोड १२ लाख , हिमालयन डिस्टिलरीको ८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये हाइड्रोसमुह सबैभन्दा धेरै ७.३२ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ६.५७ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये नेष्डो समृद्द लघुवित्तको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको ऋणपत्र र एक सामुहिक लगानी योजनाको मूल्य पनि घटेको छ ।

१०० अंकले घट्यो नेप्से सूचक, ८ अर्ब ८८ करोडको कारोबार

आज सोमबार शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से सूचक ३.४३ प्रतिशत अर्थात् १००.१० अंकले घटेर २८२०.४१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर खरीद बिक्रिबाट ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । जस मध्ये अपि पावरको सबैभन्दा धेरै ३८ करोड ३४ लाख, एनआईसी एसिया बैंकको ३६ करोड ७३ लाख , अरुण भ्याली हाइड्रोको ३० करोड ४९ लाख तथा अपर तामाकोशीको २० करोड २६ लाखको कारोबार भएको छ ।आज विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मुल्य १० प्रतिशतले बढेको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै ७.८१ प्रतिशत, माउन्टेन हाइड्रोको शेयर मूल्य ७.७१ प्रतिशत, आशा लघुवित्तको शेयर मूल्य ७.१० प्रतिशत, ओरियन्टल होटेलको शेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये विकास बैंक समुह ४.५० प्रतिशतले, हाइड्रो समुह ४.४५ र फाइनान्स समुह ४.३० प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये ६ कम्पनीको मात्र मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।

७३ अंकले बढ्यो नेप्से सूचक, कारोबार रकम ८ महिना यता कै उच्च

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से ७३.०१ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से सूचक २७६५.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर खरीद बिक्रिबाट ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ । ८ महिनापछि कारोबार रकम ७ अर्ब नाघेको हो । यस अघि बैशाख ३० गते ७ अर्ब १२ करोडको कारोबार भएको थियो । त्यसपछि आज पहिलो पटक ७ अर्ब बढीको कारोबार भएको हो । आज अपि पावरको सबैभन्दा धेरै २९ करोडको कारोबार भएको छ । त्यस्तै प्रभु बैंकको २० करोड ८६ लाख , अपर तामाकोशी २० करोड १५ लाख र शिवम् सिमेन्टको १९ करोड ३९ लाखको कारोबार भएको छ । आज कारोबारमा आएका समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ५.४९ प्रतिशत, फाइनान्स समुह ५.१६ प्रतिशत र हाइड्रो समुह ४.९६ प्रतिशतले बढेको छ ।

६० अंकले बढ्यो नेप्से सूचक, एचडिएल र नबिल बैंकको कारोबार उच्च

अंग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ६०.४१ अंकले बढेको छ आजको वृद्धिपछि नेप्से सूचक २५८४.९१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २४० कम्पनीका ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरीद बिक्रिबाट ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबै भन्दा धेरै ४४ करोड ९४ लाख, नबिल बैंकको २९ करोड ७० लाख तथा शिवम् सिमेन्टको २३ करोड ४९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुह ३.५४ तथा विकास बैंक समुह ३.४२ प्रतिशतले बढेको छ । आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ५.१२ प्रतिशतले घटेको छ ।