५३८ वर्ष पुरानो मन्दिरको पुनर्निर्माण अलपत्र

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरको यक्षश्वर महादेव (भक्तपुरको पशुपतिनाथ मन्दिर) पुनर्निर्माण थालेको ठेकेदार कम्पनीले तीन महिनादेखि काम अलपत्र छाडेको छ । २०७२ वैशाखको भूकम्पको धक्काले क्षतिग्रस्त यक्षश्वर महादेव मन्दिर पुनर्निर्माणको जिम्मा पाएको एनपीएस/राज जेभीले तेस्रो व्यक्तिलाई कामको जिम्मा दिएर गत मंसिरयता निर्माणको काम रोकेको हो ।

सम्बन्धित सामग्री

रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अलपत्र

ललितपुरको बुंगमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणको कार्य आठ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुननिर्माणको कार्य सोही वर्ष माघमा शिलान्यास गरी प्रारम्भ भएको थियो । तर मन्दिरको पुनर्निर्माणको कार्य अलपत्र बनेको छ ।

जगतनारायण मन्दिरको संरक्षण न पुनर्निर्माण

२०७२ वैशाख को भूकम्पबाट क्षतिग्रस्त मठमन्दिरलगायत सम्पदा, सार्वजनिक भवन तथा निजी घरहरूमध्ये धेरैको पुनर्निर्माण भइसकेको छ । केही पुनर्निर्माणको चरणमा छन् । तर ललितपुरको शंखमूलस्थित जगतनारायण मन्दिर भने उस्तै छ । भूकम्पमा समेत जोगिएका मन्दिर परिसरमा रहेका गणेश, कुमार, रातो हनुमानका मूर्ति संरक्षण अभावमा अलपत्र छन् ।

पाँच महिनाअघिदेखि रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण अलपत्र

बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको काम पाँँच महिनाअघिदेखि अघि बढेको छैन । मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक पनि इँटा थप्ने काम भएको छैन । मच्छिन्द्रनाथ पुनर्निर्माणमा लाग्ने करिब १४ हजार डाँछी इँटा बनाउन दिइरहेकाले पुसको पहिलो हप्ताबाट मन्दिरको काम थालिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताउनुभयो ।

बजेट अभावमा ऐतिहासिक सम्पदा अलपत्र

पाँच वर्षअघि भूकम्पले भत्काएका कतिपय ऐतिहासिक सम्पदाको अझै पुनर्निर्माण सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणबाट बजेट प्राप्त नहुँदा ती सम्पदाको पुनर्निर्माण हुन नसकेको गुठी संस्थानले जनाएको छ । पुनर्निर्माण हुन नसकेका काठमाडौँ उपत्यकाभित्रकै कतिपय सम्पदा छन् । काठमाडौँ खिचापोखरीस्थित रणमुक्तेश्वर अझै बन्न सकेको छैन । त्यसैगरी राजधानीको केन्द्रमा रहेको टुँडिखेलस्थित महाङ्काल मन्दिरको पनि पुनर्निर्माणको अत्तोपत्तो छैन । वसन्तपुरको नौतले मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगे पनि नजिकै रहेको कुमारीघर टेकोकै भरमा अडिएको छ । पुनर्निर्माण हुन नसकेका सम्पदामा भक्तपुर न्यातपोल छेउको जङ्गम मठ र कालमोचनस्थित जङ्गहिरण्य हेमनारायणको चौघेरा सत्तल पनि पुनर्निर्माण हुन नसकी बेहाल अवस्थामै छ ।

सम्पदा पुनर्निमार्णण अलपत्र

भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि नेपालकै प्राचीन चाँगुनारायण मन्दिर परिसरको चौघेरा सत्तल र केही मन्दिरको पुनर्निर्माण