२०७२ वैशाख को भूकम्पबाट क्षतिग्रस्त मठमन्दिरलगायत सम्पदा, सार्वजनिक भवन तथा निजी घरहरूमध्ये धेरैको पुनर्निर्माण भइसकेको छ । केही पुनर्निर्माणको चरणमा छन् । तर ललितपुरको शंखमूलस्थित जगतनारायण मन्दिर भने उस्तै छ । भूकम्पमा समेत जोगिएका मन्दिर परिसरमा रहेका गणेश, कुमार, रातो हनुमानका मूर्ति संरक्षण अभावमा अलपत्र छन् ।