गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित

नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गरेका छन् ।भने उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्री आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिए । अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुङो लागे

सम्बन्धित सामग्री

एमाले पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित

वीरगंजः नेकपा (एमाले) पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित भएका छन्। आठौँ जिल्ला अधिवेशनको स्थगित बन्दसत्र शनिबार सम्पन्न भएको छ। बन्दसत्रले थारुलाई अध्यक्ष चयन गरेको हो। थारु संविधानसभा सदस्‍य पनि हुन्। बन्दसत्रले थारुको अध्यक्षतामा १३५ सदस्यीय समिति चयन गरेको छ। यसअघि गत पुस २७ गते अधिवेशनको उद्घाटन भए पनि नेतृत्व…

एमाले संखुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत

नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा ९८ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।२६ गते ८ औं जिल्ला अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेका थिए । सहमतिका लागि मंगलबार र बुधबार दिन भर प्रयास गरिएको थियो ।  जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत चयन

धनकुटा – नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको […]

एमाले धनकुटा अध्यक्षमा पराजुली सर्वसम्मत

नेकपा एमाले धनकुटाको सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा इन्द्रमणी पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष पराजुलीसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । अध्यक्षसहित पदाधिकारीमा अरु कसैले मनोनयन दर्ता नगराएका कारण सर्वसम्मत भएका छन् । उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई र दुई उपसचिवमा शिव आङ्ला र सुष्मा राई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटीमा सदस्यतर्फ पनि सर्वसम्मत चयन भएको छ । शुक्रबारदेखि जारी अध

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

सर्वसम्मत एमाले महासचिव बने शंकर पोखरेल

१३ मंसिर, चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनबाट पोखरेल सर्वसम्मत महासचिव चुनिएका हुन् । सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको छ । उनी नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित भएका थिए । दाङ घर […]

वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिव शंकर र तीन उपमहासचिव सर्वसम्मत निर्वाचित

चितवनः नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्। एकल मनोनयन परेपछि पोखरेल सर्वसम्मत भएका हुन्। लामो रस्साकस्सीपछि ओलीले अन्य आकांक्षी मनाएर पोखरेलको मात्र नाम आइतबार मध्यरात बन्दसत्रमा प्रस्तुत गरेका थिए। सोही नामावली अनुसार सोमबार बिहान मनोनयन भएको थियो।  महाधिवेशन निर्वाचन आयोगका एक सदस्यका अनुसार महासचिवमा शंकर…

एमाले अधिवेशन : लामाको अध्यक्षतामा ककनी गाउँपालिका कमिटी सर्वसम्मत

नुवाकोट – नेकपा एमाले ककनी गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा शेषमान लामा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा पवन फुयाल, सचिवमा योगेन्द्र तामाङ, उप-सचिवद्वयमा यमबहादुर लामा र कोपिला गुरुङलगायत ७५ सदस्यीय ककनी गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनको उद्घाटन ककनी गाउँपालिका रानीपौवामा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीले […]

एमाले म्याग्दीको चार स्थानीय तहमा सर्वसम्मत‚ दुई अधिवेशन हुँदै

म्याग्दी : एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका चारवटा गाउँपालिकामा नेकपा (एमाले)को अधिवेसन सम्पन्न भएको छ। चारैवटा गाउँपालिकामा  सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।बाँकी रहेका बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका पनि सर्वसम्मत रुपमा नेतृत्व चयनको पहल भएको एमालेले जनाएको छ।मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ। धौलागिरि गाउँपालिका कमिटीमा होमबहादुर थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी निर्वाचित भएको छन।मालिका गाउँपालिकामा