काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तरुणदलका पूर्व महामन्त्री कमल चित्रकारलाई पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएका छन्। मंगलबार निधन भएका चित्रकारलाई श्रद्धाञ्जली दिनको लागि देउवा बिहीबार पशुपति आर्यघाट पुगेका हुन्।