काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले थाहाखबरलाई जानकारी दिएको छ।भर्ना भएर उपचाररत ती व्यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।अस्पताल स्रोतले भन्यो, 'बिरामीको अहिलेको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेका छौँ । थप परीक्षणपछि अझै प्रष्ट हुनेछ।' त्रिभुवन अन्तर्र