दाङमा १६ दिने नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलेको छ । बुधबार राप्ती गाउँपालिका–३ निवासी १५ बर्षीया दलित समुदायकी अविवाहित एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको थियो । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा पोल खोलेकी छन् ।उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्तीमगरले गर्भधारण गराएको बताएकी हुन् । घ