नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले जित सुनिश्चित गरेका छन् । मतगणना अन्तिम चरणमा पुगिरहँदा गन्न बाँकी भन्दा निकतटम प्रतिस्पर्धीसँगको मतान्तर बढी भएका कारण चौधरीको जित सुनिश्चित भएको हो ।
काठमाडौं । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बारा क्षेत्र नमबर ३ मा नेकपा एमालेकी पोलिटव्युरो सदस्य ज्वाला कुमारी साहले करिब दुई हजारको अग्रता लिएकी छन् । हालसम्म ज्वाला कुमारीले १७ हजार १०८ मतले अग्रता लिइरहँदा जसपाका रामबाबु यादवले १५ हजार ५३ मतले पछ्याइरहेका छन् । पूर्वमन्त्री समेत रहेकी साह यसअघि माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा […]
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित भएको हो। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहं र नेकपा (एमाले) का केशव […]
काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यको ३५ सिटका लागि भएको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । ३५९५ मत गणना भइसकेको छ । अब एक हजार मत गन्न बाँकी छँदा कतिपयको जित सुनिश्चित भइसकेको छ । केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत डा. सशांक कोइरालाले प्राप्त गरेका छन् । उनले २९४० […]
काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ ।
मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि हुनुहुन्छ भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लैजानुभएको छ । ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको १ हजार २५५ मत छ ।
तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतको १ हजार २४, प्रदीप पौडेलको ९३५, डा. मिनेन्द्र रिजालको ५४६ र डा .राजाराम कार्कीको ७५ मत छ । अग्रता लिइरहेका थापा डा. ...