काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त