फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । सुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ ।रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा छ । बिल्बाओ अहिले तालिकाको आठौं स्थानमा छ । लिगमा १२ खेल सकेको बिल्बाओले चार जित ६ बराबर र दुई हार खेप्दै १८ अंक बनाएको छ ।रेलिगेसनको मारमा रहेक