काठमाण्डौ – कतारमा आफ्नो कानुनी हैसियत गुमाएर अवैधानिक भएका आप्रवासी श्रमिकलाई त्यहाँको सरकारले आम माफी दिइरहेको छ । यही सन्दर्भमा त्यहाँ रहेका नेपाली श्रमिकलाई आममाफीकाे प्रक्रियामा गइ वैध हुनको लागि गरिएका व्यवस्थाको बारेमा नेपाली दूतावास र गैर आवासीय नेपाली संघ कतारले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको छ ।
दूतावासका अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा कतारमा कानुनी अवस्था गुमाएका नेपाली श्रमिकले कसरी वैधानिकता प्राप्त गर्ने भन्ने कुरा सिकाइएको छ । सीमित भौतिक उपस्थितिमा दूतावासको हल र भर्चुअल...