श्रम गन्तव्यहरूमध्येको कतार नेपाली श्रमिकका लागि सधैं आकर्षणको केन्द्र रहँदै आएको छ । त्यसमाथि कतारमा विश्वकप फुटबल चलिरहेका कारण यो गन्तव्य सर्वाधिक चर्चामा छ । तर, विश्वकप आयोजक हुने घोषणासँगै धेरै खालका श्रमिक नीतिमा उदार बन्दै गएको भनिएको कतारमा अझै पनि कतिपय प्रबन्धहरू श्रमिक र मानव अधिकारकाविरुद्धमा उभिएका देखिन्छन् ।