काठमाडौं : दक्षिण कोरियालाई हराउँदै ब्राजिल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो। स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो।खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे। खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २-० गोलको अग्रता दिलाए