मेरो यात्रा यति निम्छरो थियो कि त्यो यात्राका अगाडि ‘नि’ पनि कसरी जोड्नु र खै ? अनि यसलाई ‘नियात्रा’ भनेर पो कसरी भन्नु ? हुन त नियात्रामा तय गरिने यात्रा कति लामो ? कति अग्लो ? कति घुमाउरो ? कति उकालो ? कति ओरालो ? कति सबल ? कति दुर्बल ? कति रमाइलो ? कति […]
गलेश्वर । पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ । म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्ने गरेको छ । उत्तरपट्टी चाँदी झैँ टल्केका […]
म्याग्दी (अस) । पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा बेनी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा थामिनसक्नु भीड भाइरल भयो । म्याग्दी, बागलुङ र पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेंलपुर फुलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्यो ।
तोरीबारीमा घुम्न गएका धेरैजसो युवती फाँटमा पहेंलपुर तोरीबारीमा मखमली चोलो र पोलिस्टरका गुन्यु, पटुका, गरगहना, बाला, कानमा मडवारी, तिलहरि, औंठी, चुराजस्ता संस्कृति र भेषभूषा झल्किने पोसाकमा समेत सजिए । रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टीकटक, इन्स्टाग्राममा कैद मात्रै गरेनन्, रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोसाक भाडामा दिएर एक महिनामै करिब ६० हजार आम्दानी गरेको छ ।
सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदाय स्तरमा आयोजना हुने कार्यक्रमलाई लक्षित गरी ३० हजारमा १० सेट खरिद गरेको संस्थाका सचिव सुलोचना केसीले बताइन् । ‘तोरीबारीले मगर समुदायको भेषभूषाको पनि प्रचार–प्रसार भयो । शुल्कलाई जातीय पोसाक प्रवर्द्धनमै खर्च गर्छौं,’ केसीले भनिन् ।
रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गरिरहेको सहकारीले तोरीबारीमा पोसाक प्रयोग गर्ने स्थानीयलाई १ सय र बाहिरबाट आउनेलाई २ सय रुपैयाँ लिने गरेको छ । केहीले आपूmसँगै भएको भेषभूषासमेत लिएर जाने गरेका छन् । सहकारीकी अध्यक्ष सुनिता बोगटीले आगामी वर्ष क्षेत्रीसहित अन्य जातजातिको भेषभूषासमेत संस्थामार्फत उपलब्ध गराउने योजना रहेको सुनाइन् ।
‘घुम्न आउनेबाट रत्नेचौरको प्रचार–प्रसार भएको छ । हामी निकै उत्साहित छौं,’ बोगटीले भनिन् । कोभिड महामारीका कारण तोरीबारीमा धेरै भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको थियो । अचेल फाट्टफुट्ट घुम्न जानेले समेत पोसाक प्रयोग गर्दै आएका छन् । म्याग्दी मगर समुदाय बाहुल्य क्षेत्र हो । यहाँ धर्म, संस्कृति र चाडपर्वबाहेक सार्वजनिक कार्यक्रममा समेत मगर भेषभूषाको प्रयोग बढी हुने गर्छ । मगर समुदाय गीत र नृत्यमा सोरठी, घाटु नाच, झ्याउरे, मारुनी नाचको छुट्टै महत्व रहेको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर । समथर फाँटमा सुन्दर बस्ती । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिवेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचौर खण्डमा...
काठमाडौ : ललितपुरको खोकना तोरी खेतीका लागि प्रसिद्ध ठाउँ हो। यहाँका स्थानीयहरू तोरी खेती गर्छन् र कोलमा पेलेर तेल निकाल्ने गर्छन्।यहाँ तोरीका परम्परागत मिलहरू अझै निकै छन्। तोरीको तेल बेचेरै धेरै खोकनाबासीले जीविकोपार्जन गरिरहेका छन्।बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएपनि यहाँका किसानहरूले तोरी खेती गर्न छाडेका छैनन्। केही वर्ष अघिसम्म तोरी खेतीबाट नै जीवन निर्वाह गर्दै आएका किसानहरू जमिन मासिँदै जाँदा चिन्तित छन्।