काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले आज (आइतबार) एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो […]