प्रतिनिधिसभा बैठक : चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा कोभिड–१९ पछि बन्द रहेका चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग गरिएको छ ।  बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताए ।  उनले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने  विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गरे । एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरे ।  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।  कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावित गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बागलुड गोलकोटबासीलाई सदरमुकामा पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गरे ।  शून्य समयमा सांसदहरू धवलशमशेर जबरा, वासुदेव घिमिरे, विन्ध्यवासिनी कङ्साकार, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, विनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपक गिरी, दीपा शर्मा, डा. तोसिमा कार्कीलगायतले समसामयिक विषय उठान गरे । रासस

सम्बन्धित सामग्री

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। बैठक अपराह्न १ बजे नयाँवानेश्वर स्थित सङ्घीय संसद् भवनमा बस्नेछ।...

भोलि बिहानका लागि सारियो प्रतिनिधिसभा बैठक

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी सारिएको हो ।

एमालेको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।  अब १३ भदौको बिहान ११...

गिरिको निधन : आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार…

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

प्रतिनिधिसभा बैठक भोली

प्रतिनिधिसभा बैठक भोली बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिबासी जनजाती आयोगको प्रतिवेदन २०७७/ ०७८’ पेश गर्ने कार्यक्रम तय भएको  संघीय संसद सचिवालयले जनाएको छ ।...

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्।...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी व्यहोरा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै प्रधनमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद बैठक […]

प्रतिनिधिसभा बैठक सुरु (लाइभ भिडियोसहित)

काठमाडौँ, ११ असोज । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो । –File Photo

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक बसेको हो। सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको...