काठमाडौं : नेपालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा महानिर्देशक डा. टेड्रोस एड्नम ग्रेब्रेससले दोस्रो कार्यकालका लागि दिएको मनोनयनमा नेपालले समर्थन गरेको छ।नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका डा. टेड्रोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको दोस्रो कार्यकालका लागि नेपालले समर्थन गरेको बताएका छन्।मन्त्री खतिवडाले नेपाल सन् १९५३ मा डब्लुएचओमा आबद्ध भएदेखि नेपालको उत्कृष्ट कार्यात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालीको स्वास्थ्य आवश्यकता सम्बोध