न्युजिल्याण्ड क्रिकेट बोर्डले एउटा ऐतिहासिक निर्णय गरेको छ । अब न्युजिल्याण्डमा पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिइनेछ । यो निर्णय न्युजिल्याण्डका लागि अन्तरराष्ट्रिय स्तरमा क्रिकेट खेल्ने खेलाडीका साथै घरेलु स्तरमा हुने खेलमा पनि लागू हुनेछ ।न्युजिल्याण्ड क्रिकेट बोर्ड र खेलाडीको असोसिएशनबीच पाँच वर्षका लागि सम्झौता भएको छ । यो ऐतिहासिक निर्णयपछि न्युजिल्याण्डका लागि व्यावसायिक स्तरमा क्रिकेट खेल्ने पुरुष र महिला क्रिकेटरलाई अब सबै खेलका लागि समान तलब दिइनेछ ।अर्थात्, एक दिवसीय क्रि