काठमाडौँ – नेपाल–भारत महिला मैत्री क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेरीलीवोन क्रिकेट क्लब संयुक्त अधिराज्य, रेड मड कफी र न्यूरो अस्पताल विराटनगरको सहयोगमा विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा चैत ४, ५, ६ र ७ गते तीन वटा टि –२० र एउटा ५० ओभरको मैत्रीपूर्ण महिला […]
दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ। गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ।...
काठमाडौं(हाम्रो खेलकुद) – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ अन्तर्गत नेकोस राष्ट्रिय संघले दुई दिवसिय क्रिकेट प्रतियोगिता र महिला क्रिकेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यस आर्थिक वर्षमा दुई दिवसिय पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ । नेपाली क्रिकेटमा डे क्रिकेट आवश्यक रहेको भन्दै नेकोसले उक्त प्रतियोगिता […]
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा शनिबारदेखि पाचौं संस्करणको उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा साविक विजेता दनपा–६ थालिगडा विजयी भएको छ । थालिगडाले दनपा ९ ग्वाल्लेकलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको हो । ग्वाल्लेकले दिएको ९० रनको लक्ष्य थालिगडाले ९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । […]
बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो । आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम […]
ललितपुर मेयर महिला च्याम्पियनसिप प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ पाउने भएका छन् ।आइतबार नेपाल क्रिकेट संघ क्यान र ललितपुर महानगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेका हुन् । प्रतियोगिता चैत २१देखि २८ गतेसम्म आयोजना हुँदैछ ।प्रतियोगितामा प्रदेश १, विभागीय टोली एपिएफ, सुदूरपश्मि प्रदेश, लुम्बिनी प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै […]
ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।उक्त सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको […]