मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् । सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको […]

सम्बन्धित सामग्री

६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं :  ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ्को सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई  हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ।  बारा, जितपुरसिमरा उपमहानगरपालिका-२३ चुरियामाईस्थित सडकमा प्र.२-०३-०१२ प ८८५० नम्बरको मोटरसाइ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं ।  छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । मिथिला नगरपालिका-३ लालभित्तीमा ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१-०२-००१ ख ९२९२ नम्बरको  ट्रक एक-आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह-चालक २ जनासमेत गरी ३ जनाको मृत्यु […]

सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु।४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा […]

दैनिक ६५ भन्दा बढी सवारी दुर्घटना, चालकलाई कारबाही बढे पनि छैन घट्ने छनक

काठमाडौं : पाँच दिनअघि रौतहटमा जन्ती बोकेको जिप दुर्घटना भयो। गरुडा नगरपालिका १ जयनगरमा बीआर ०५ पिए ६९५३ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो। दुर्घटनाको कारण अझैसम्म खुलेको छैन। त्यसो त देशभित्र भएका धेरै सवारी दुर्घटनाको कारण यही नै हो भन्ने खुल्दैन। न त कुनै निकायले त्यस्तो कारण खोजी…

भयावह बन्दै म्याग्दीमा सडक दुर्घटना : तीन वर्षमा ३७ दुर्घटना, ३० को मृत्यु

म्याग्दी : म्याग्दीमा सडक दुर्घटना भयावह बन्दै गएको छ। तीन वर्षको अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ३० जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ।हरेक वर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो रहेको तथ्याङ्कमा देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर १५ गतेसम्म जिल्लामा ५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भइसकेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुईजनाको ज्यान गएको थियो।त्यसैगरी आ.व. २०७६/०७७ म

छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

धनुषा, कैलाली, बर्दिया, नवलपरासी (पश्चिम)  र रौतहटमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-७ क्षिरेश्वर मन्दिरस्थित सडकमा ना.१ ज ७३२८ नम्बरको विङ्गर र ज.१ च १६७४ नम्बरको एम्बुलेन्स एक-आपसमा ठोक्किएर सोमवार दिउँसो दुर्घटना हुँदा एम्बुलेन्समा सवार सोही नगरपालिका-९ ईच्छापुर बस्ने ७० वर्षीय सोसिलाल यादवको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्...