काठमाडौं : ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ्को सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बारा, जितपुरसिमरा उपमहानगरपालिका-२३ चुरियामाईस्थित सडकमा प्र.२-०३-०१२ प ८८५० नम्बरको मोटरसाइ