गत भदौ दोस्रो साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच पैंचोमा मल ल्याउन छलफल भयो । छलफलमा पैंचोमा मल ल्याउने मौखिक सहमतिसमेत भयो । तर दुई महिनापछि बंगलादेश मौखिक सहमतिबाट पछि हटेपछि कात्तिक २४ को मन्त्रिपरिषद् बैठकले जीटूजीमार्फत ल्याउने निर्णय गर्यो ।