बंगलादेशबाट मलको पहिलो लट आज नेपालका लागि छुट्ने, सबै मल आइपुग्न असार नै कुर्नुपर्ने

बंगलादेशबाट खरिद गरिएको रासायनिक मल (युरिया)को पहिलो लट आज नेपालका लागि प्रस्थान गर्ने भएको छ । ३ सय ४४ अमेरिकन डलर प्रतिमेट्रिक टनका दरमा नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मलको पहिलो लट बंगलादेशको चटगाउँस्थित समुद्री बन्दरगाहबाट नेपालतर्फ पठाइन लागेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि व्यवस्थापन तथा प्रविधि विस्तार शाखाका उपसचिव डा. गंगादत्त आचार्यका अनुसार पहिलो लटअन्तर्गत २० हजार मेट्रिक टन युरिया मल चटगाउँबाट भारतको कोलकत्तास्थित समुद्री बन्दरगाहका लागि प्रस्थान गर्नेछ । ' गत पुसको दोस्रो स...