माओवादी केन्द्रका नेता देव गुरुङले देश इतिहासकै कठिन मोडमा रहेको बताएका छन् । नेता गुरुङले सुगौली सन्धिपछि यतिधेरै संकट नेपाली राजनीतिमा कहिल्यै नदेखिएको बताए । शनिवार पार्टीको सहायक संगठन वाईसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सूर्यविनायकमा सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नु बाध्यता बनेको बताए ।यसले देशलाई इतिहासकै कठिन मोडमा ल्याइपुर्याएको जिकिर समेत उनले गरे । पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका उनले