रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस्ले च्याम्पियन्स लिग नखेल्ने निर्णय लिए पनि समस्या नहुने युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएका अध्यक्ष अलेक्स्यान्दर केफेरिनले बताएका छन् । युरोपेली सुपर लिग नामक नयाँ लिग गठन गर्ने र यस सिजन च्याम्पियन्स लिग पनि खेल्ने यी तीन क्लबहरूको निर्णय आफूले बुझ्न नसकेको उनले बताए । ‘उनीहरूले छाडे पनि म माइन्ड गर्नेछैन,’ उनले भने, ‘उनीहरू नयाँ प्रतियोगिता सुरु गर्न चाहन्छन् र यही समय यस सिजन च्याम्पियन्स लिग पनि खेल्न चाहन्छन् । यो निकै हास