यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो । इन्टरको जितमा इडेन जेको र ड...