प्रदेश १ : नवनिर्वाचित सांसदहरूको प्राथमिकता ‘प्रदेशको नामकरण’

विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराए।प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहित आठजना पुरानै सांसद दोहोरिएका छन्।अघिल्लो कार्यकालमा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम राख्न सकेन। प्रदेशसभाको कार्यकाल अन्तिम अवस्थामा हुँदा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामकरण बारे छलफल

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्की भन्छन् : सहमतिका आधारमा प्रदेशको नामकरण गर्छु

२४ पुस, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् । आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौं । यो हाम्रो बाँकी रहेको महत्वपूर्ण काम हो ।’ प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । […]

प्रदेश १ को नामकरण हुन नसकेको भन्दै प्रदर्शन

मोरङ – प्रदेश १ को प्रदेश सभा बैठक चलिरहँदा सचिवालयबाहिर भने प्रदेशको नामकरण हुन नसकेको भन्दै प्रदर्शन गरिएको छ। विराटनगरस्थित प्रदेश सभा भवनबाहिर विभिन्न दलका नेता–कार्यकर्ता तथा सर्वसाधारणले प्रदेशको नामकरण हुन नसकेकोमा विरोध गरेका थिए। उक्त क्रममा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष किशोरकुमार विश्वासले प्रदेशको नाम नाराखीकन स्थगन गर्न नहुने बताएका थिए। बिहानैबाट भवनबाहिर एकीकृत […]

प्रदेश १ को प्रदेशसभा बैठक १७ भदौमा बस्ने

१२ भदौ, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले १७ भदौमा प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा प्रदेश १ ले नाम पाउन सकेको छैन । संघीय सरकारले ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेका कारण सभामुख भण्डारीले प्रदेशसभा अन्त्यको तयारी […]

प्रदेश १ को नाम जुराउने चर्चा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश प्रमुख परशुराम खापुङलाई भेट गरी प्रदेशको नामकरण सम्बन्धी छलफल गरेका छन्।बिहीवार मुख्यमन्त्री राईले प्रदेश प्रमुख खापुङलाई भेट गरी भर्खरै पास भएको बजेट र प्रदेशको नामकरण सम्बन्धमा छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।यतिबेला प्रदेश १ सरकारसँगै प्रदेशसभाका माननीयहरूलाई प्रदेश नामकरणको दबाब परेको छ। तीनवटा मुख्यमन्त्री पाएको प्रदेश १ ले राजधानी पाउँदा अझै नाम पाउन सकेको छैन।मुख्यमन्त्र

प्रदेश १ मा फेरि प्रदेश नामकरणको ‘असफल बहस’

प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशनमा पुनः प्रदेश नामकरणको बहस सुरु भएको छ । तर, नामको टुंगो लाग्ने कुनै गुञ्जायस भने देखिएको छैन । ‘एक पटक त प्रदेशको नामकरण भइहाल्ने पो हो कि भन्ने फुइँ लगाइयो, तर होइन रहेछ,’ प्रदेश १ को प्रदेशसभाको दशौं अधिवेशनको सुरुवातमा सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले भने । प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । प्रदेशको नामकरण गर्न नसकेकोमा सांसदहरुलाई ‘ग्लानी’ को महसुस भएको प्रदेशसभाको दशौं अधिवे

बजेट अधिवेशनमै प्रदेश १ को नामकरण टुंग्याउन मुख्यमन्त्री राईको जोड

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु बजेट अधिवेशनभित्रै प्रदेशको नामकरण जसरी पनि टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्। आजदेखी सुरु भएको प्रदेश १ सभाको दसौं तथा बजेट अधिवेशनलाई सम्बोधन गर्दै...

'साझा सहमति नबनेसम्म प्रदेश १ को नामकरण सम्भव छैन'

विराटनगर : नेपाली कांग्रेसका प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले साझा सहमति नबनेसम्म प्रदेशको नामकरण सम्भव नभएको बताएका छन्।प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै कोइरालाले जबसम्म साझा सहमति बन्दैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहने बताएका हुन्।मही माग्दा ढुंग्रो लुकाउने कुनै आवश्यकता नरहेको बताउँदै उनले जबसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार रहँदैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहेको बताए।‘प्रदेश सरकारले पहल गनुपर्‍यो प्रमुख प्रतिपक्षी दल एमालेलाई समेटेर के नाम राख्दा उचित हु

नामकरणका लागि दबाबमा प्रदेश १ सरकार, यस्तो छ तयारी

सातमध्ये ६ वटा प्रदेशले प्रदेशको नामकरण टुङ्ग्याइसकेका छन् । सातवटै प्रदेश एकसाथ स्थापना भए पनि प्रदेश १ ले भने अहिलेसम्म नाम पाउन सकेको छैन । पाँच प्रदेशले यसअघि नै नामकरण गरिसकेका थिए भने सोमबारमात्र प्रदेश २ ले पनि प्रदेशसभाबाट प्रदेशको नाम ‘मधेस’ पारित गरेको छ ।योसँगै नामकरणमा पछि परेको प्रदेश १ सरकारलाई दबाब बढेको छ । दलहरु बिच सहमति नबन्दा प्रदेश १ को नामकरण थाँती रहँदै आएको छ । प्रदेश १ को राजधानी विराटनगर कायम भए पनि नामकरणबारे दलहरुबीच मतैक्यता छैन । प्रदेशको नाम भूगोल

ओलीका कारण प्रदेशको नामकरण हुनसकेन : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण हुन नसकेको आरोप लगाए।नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हुन्।उनले तत्कालीन दुई तिहाइको सरकार रहँदा प्रदेशको नामकरण राख्न सकिने भए पनि तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पहिचानको आधारमा नाम राख्न नदिएकै कारण प्रदेशले नाम नपाएको आरोप लगाए।‘तत्कालीन नेकपाको सरकार रहँदा

प्रदेश १ : प्रदेशसभा बैठक साउन २१ का लागि आह्वान, प्रदेशको नामकरण होला त ?

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरक