प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशनमा पुनः प्रदेश नामकरणको बहस सुरु भएको छ । तर, नामको टुंगो लाग्ने कुनै गुञ्जायस भने देखिएको छैन । ‘एक पटक त प्रदेशको नामकरण भइहाल्ने पो हो कि भन्ने फुइँ लगाइयो, तर होइन रहेछ,’ प्रदेश १ को प्रदेशसभाको दशौं अधिवेशनको सुरुवातमा सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले भने । प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । प्रदेशको नामकरण गर्न नसकेकोमा सांसदहरुलाई ‘ग्लानी’ को महसुस भएको प्रदेशसभाको दशौं अधिवे